अन्तर्राष्ट्रिय तामाङ परिषद्

| काठमाडौं

सन् २००२ मा स्थापना भएको संस्था हो, अन्तर्राष्ट्रिय तामाङ परिषद् । विश्वभरि छरिएका तामाङ समुदायलाई एकसूत्रमा बाँध्ने, उनीहरूको हित र अधिकारको संरक्षण गर्ने, तामाङ समुदायको राजनीतिक, सांस्कृतिक, भाषिक, सामाजिक तथा शैक्षिक सशक्तिकरणका लागि साझा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गर्ने परिकल्पनाको परिणामस्वरूप यो संस्थाको जन्म भएको हो । बितेको १६ वर्षमा परिषद्को ३ वटा सम्मेलनहरू सम्पन्न भएका छन् ।

प्रथम सम्मेलन २०५९ पुस ५ देखि ७ गते (२००२ डिसेम्बर १९–२२)सम्म काठमाडौंमा सम्पन्न भएको थियो । ‘विश्वका तामाङहरू एकजुट हौं, अन्तर्राष्ट्रिय साझा मन्चको निर्माण गरौं’ भन्ने नारासहित सम्पन्न यो सम्मेलनले नेपाल तामाङ घेदुङका तत्कालीन अध्यक्ष परशुराम तामाङलाई अध्यक्षमा चयन गरेको थियो । यसैगरी २०६२ मङ्सिर ३० देखि पुस ३ (सन् २००५ डिसेम्बर १५–१८)मा भारतको दार्जीलिङमा परिषद्को दोस्रो सम्मेलन भएको थियो । निकै भव्यतापूर्वक सम्पन्न भएको यस सम्मेलनले भारतका एमएस बमजनलाई अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । त्यसपछि २०६९ चैत ३ देखि ५ (सन् २०१३ अप्रिल १६–१८) गतेसम्म परिषद्को तेस्रो सम्मेलन पुनः काठमाडौंमा भएको थियो । तेस्रो सम्मेलनले घेदुङका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङलाई अध्यक्षमा छानेको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्रीको बोलीले संसदमा हंगामा, कांग्रेसको अवरोध

img

  प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको ...

सांसद फकाउदै गायिका

img

...

पत्रपत्रिका

सबै