सैलुङमा शतवीज छर्दै दीप प्रज्वलन

आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा शतबीज छरेर मनाएका छन् ।
काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, लगायतका देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ । बाला चर्तुदशीमा शतवीज छर्नाले र त्रयोदशीमा जाग्राम वसेर मृतात्माको नाममा दिप प्रज्वलन गर्नाले सम्पूर्ण दोषवाट मुक्ति पाउने जनविश्वास रहेको छ ।
यसैगरी दोलखाको सैलुङमा पनि आज लामागुरूबाट पूजापाठ गरी बाला चर्तुदशी मनाएको छ । हिजो रातिदेखि त्यस डाँडामा जाग्राम बसेर बत्ती बाल्ने र बिहान पूजा गर्ने गरिन्छ । पितृको नाममा शतवीज छर्ने, बति बाल्ने, बोन्बो विधिबाट पूजा गरिएको थियो ।