फिनल्याण्डमा गुञ्जियो पुष्पाका दर्जन गीत र कविता

| कुपिओ (फिनल्याण्ड

स्रष्टा पुष्पा खनालका दर्जन गीत तथा कविताहरूको वाचन कार्यक्रम सम्पन्न भएको छ । फिनल्याण्डको चिसो मौसममा पनि उनका गीत तथा कविता सुन्न ४० जनाभन्दा बढी फिनिस र नेपालीहरूको उपस्थिति भएको थियो ।

खनालले पहिलो पटक त्यसमा पनि स्वदेश बाहिर अङ्ग्रेजी भााषामा यसरी एकल कविता वाचन गरेकी हुन् । यस क्रममा उनले चाहेर तिमीलाई पाउन सकिन, आउँदा जाँदा बाटो परे दाग कति राम्रो, मैले पुज्ने देव, आमा, गुलाव र म, नारी, हे विषलगायतका दर्जन बढी गीत र कविता बाचन गरेकी थिइन् ।

खनालले वि.सं. २०५० सालबाट लेख्न थालेकी हुन् । उनका अहिलेसम्म २००भन्दा बढी गीत तथा कविता छन् । एउटा पुस्तक प्रकाशन गरिसकेकी खनालको अब चाँडै अर्र्को पनि गीतको किताव निस्कन लागेको उनले बताइन् । नपालकी उदयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुप आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायकगायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ ।

उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गित दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपालको कला, संस्कृति र समाजलाई बुझ्न निकै सहयोग गरेको बताएका थिए ।

कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

उद्योग व्यापार संघमा महासचिवबाहेक प्यानल विजयी

img

सिरहाको गोलबजार उद्योग व्यापार संघमा महासचिव बाहेक भरत अग्रवालको प्यानल नै विजयी ...

निजगढको सडकमा लोड सवारीसाधन प्रवेशमा रोक 

img

निजगढ बजार क्षेत्रको भित्रि सडकहरुमा भारी सामान लोड गरिएका सवारीसाधन प्रवेशमा रोक ...

राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न, १२ बुँदे घोषणापत्र पारित

img

बौद्ध दर्शनको प्रवद्र्धन र संस्कृति जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ...

रूपान्तरणका लागि कविता 

img

लेखक तथा समालोचक डा. हेमनाथ पौडेलले प्रगतिशील लेखक संघ साझा मन्च भएकाले ...

१२  वर्षीया बालिका उपचार अभावमा ओछ्यानमै

img

शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका १४ बिहीबारेकी ...

मृगौला पीडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण 

img

श्रद्धेय धर्म गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको प्रमुख आथिथ्यमा समाजसेवी एच के ...

पत्रपत्रिका

सबै