ओपोको आर १७ प्रो सार्वजनिक गर्ने तयारी

​​​​​​​ नेपालमा ओपोको पहिलो आर सिरिज

| काठमाडौं

चीनमा आर१७ र आर१७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरू आर–सिरिज सार्वजनिक हुने पर्खाइमा छन् । अब भने ओपोले नेपाली उपभोक्ताको आर सिरिज-चाहनालाई सम्बोधन गर्ने देखिएको छ । उपभोक्ताको ब्यापक मागलाई ध्यानमा राखि ओपोले चाँड्रै नै आर-सिरिज अन्तर्गत ओपो आर१७ प्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।

ओपो नेपालले आफ्नो आधिकारिक सामाजिक सञ्जालका पेज मार्फत नेपालमा आर-सिरिज भित्रने जानकारी दिन थालेको छ । ओपोले चीनमा यसै वर्षको अगस्टमा ओपो आर १७ र आर १७ प्रो सार्वजनिक गरेको थियो । नेपालमा भने कम्पनीले आर १७ प्रो सार्वजनिक गर्ने तयारी गरेको देखिन्छ । कम्पनीको प्रिमियम रेञ्जका रुपमा परिचित आर १७ प्रोको पछिल्तिर कम्पनीले तीन ओटा क्यामेराको प्रयोग गरेको छ । त्यसैगरी यसमा पानीको थोपा आकारको डिस्प्ले नोट्चका साथै इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ । ओपो नेपालले आधिकारिक रुपमा सार्वजनिक मितिको घोषणा भने गरिसकेको छैन । तथापि, डिसेम्बर महिनामै पर्ने क्रिसमस वा नयाँ वर्ष लक्षित गर्दै फोन सार्वजनिक गर्ने सम्भावना भने प्रबल रहेको छ ।

फोनका विशेषताबारे संक्षिप्त जानकारी

डुअल-सिम (नानो) प्रयोग गर्न सकिने ओपो आर१७ प्रोमा एण्ड्रोइड ८.१ ओरियोमा आधिरित कलर ओएस ५.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । स्मार्टफोनमा ९१.५ प्रतिशत एस्पेक्ट रेसियो सहितको ६.४ ईञ्च (१०८० ह् २३४० पिक्सेल) फुल–एचडी डिस्प्ले छ । त्यसैगरी, फोनमा ८ जीवी र्यामका साथमा ओक्टा–कोर क्वालकम स्न््याप ड्र्यागन ७१० एसओसी प्रोसेशरको प्रयोग गरिएको छ । फोनमा रहेको ट्रिपल रिएर क्यामेरा सेटअपमा एफ÷१.५–२.४ एपर्चर सहितको १२ एमपी सेन्सर, एफ÷२.६ एपर्चर सहितको २० एमपी सेन्सर र तेस्रो सेन्सरका रुपमा टीओएफ थ्रीडी स्टेरियो क्यामेरा जडान गरिएको छ ।

फोनमा सामग्री सञ्चयका लागि कम्पनीले १ सय २८ जीवी इनब्यूल्ट स्टोरेजको व्यवस्था गरेको छ । स्मार्टफोनमा ४जी भीओएलटीई, वाईफाई, ब्ल्यूटूथ ५.०, जीपिएस/ए–जीपिएस, यूएसबी टाइप–सी र एनएफसी सपोर्टपनि उपलब्ध गरिएको छ । त्यसैगरी फोनमा अन बोर्ड सेन्सर्सका रुपमा एक्सेलेरोमीटर, एम्बियन्ट लाइट र प्रोक्सिमिटी सेन्सरपनि जडान गरिएका छन् ।

ओपो आर१७ प्रोमा ओपोको प्रोपराईटर सुपर भोक प्रविधि सपोर्ट गर्ने ३ हजार ७ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरिएको छ । १५७.६ह्७४.६ह्७.९एमए आयामको ओपो आर१७ प्रोको वजन जम्मा १ सय ८३ ग्राम छ ।

प्रतिकृया दिनुहोस्

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

इसेवा दशौं वर्षमा

img

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रा.लि.’ दशौँ वर्षमा प्रवेश ...

ओपोलाई टीयूभी ह्रायनल्याण्डद्वारा मान्यता

img

प्रसिद्ध अन्तरराष्ट्रिय सेफ्टी अथोरिटी, टीयूभी ह्रायनल्याण्ड, जर्मनीले ओपो ईलेक्ट्रोनिक्सको स्वामित्व अन्तर्गतको र्यापिड ...

शैलुङको नादानघर डाँडामा जिएसएम टावर संचालन

img

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर १ स्थित ताम्चेत दुधपोखरीको शिर नादानघर डाँडामा ...

ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो ...

पत्रपत्रिका

सबै