धानको सट्टा सुर्ती !

| पर्सा

पर्साका ठोरीबासीले बर्साैंदेखि धान खेती गर्दै आएका थिए। तर वन्यजन्तुले बाली सखाप पार्थ्याे। पाँच वर्षअघि जन्तुले पाँच सयभन्दा बढी परिवारको खेती नष्ट ग¥यो। क्षतिपूर्ति माग्न उनीहरु निकुञ्ज पुगे। निवेदन दिए। तर क्षतिपूर्ति पाएनन्।

निरास भएका स्थानीयले धान खेतीको विकल्प खोज्न थाले। अहिले उनीहरु सुर्ती खेती गर्छन्। यसबाट उनीहरुको आम्दानी पनि बढेको छ। ठोरी पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ।

त्यसैले हात्ती, मृग, बँदेल र नीलगाईले बाली नष्ट पार्नु अस्वाभाविक थिएन। यो क्षेत्रमा खासगरी रैथाने हात्ती बढी छ। तिनले बढी बालीनाली नाश गर्ने गरेको पर्सा निकुन्जका संरक्षण अधिकृत अशोक राम बताउँछन्।

क्षतिपूर्ति नपाएपछि बाध्य भएर सुर्ती खेती गर्नुपरेको सुर्वणपुर नगरपालिका–३ ठोरीका भीमबहादुर पाख्रिनले बताए। ‘वन्यजन्तुले सुर्ती खाँदैन,’ उनले भने, ‘अन्य बाली नष्ट गर्दा क्षतिपूर्ति नपाएपछि यसलाई रोजेका हौं।’ बारा र पर्साअन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने हजारभन्दा बढी परिवारले सुर्ती खेती गर्ने स्थानीय शम्भुराम पौडेलले बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिकृया दिनुहोस्

परिवारबाटै असुरक्षित, एक वर्षमा १२० जनाको हत्या

img

महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको ...

अदुवा - चिया सेवनले दिन्छ अचुक फाइदा

img

जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर ...

बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

img

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा ...

मन्त्रीले लिए दोहोरो सुविधाः रकम खल्तीमा, मन्त्रालयबाट तेल

img

कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा ...

पानीजहाज कार्यालयमा कर्मचारी छैनन्

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।  तर, त्यसअनुरुप नभएपछि उहाँको ...

सरकारले किन्याे पाँच वर्षमा १३ अर्बकाे फर्निचर सामान

img

हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन ...

पत्रपत्रिका

सबै