मन्दिरमा किन राखिन्छ घन्टी ?

| काठमाडौं

हरेक धर्ममा आ-आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् । 
अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ । 

धार्मिक कारण 

मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी
बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ । 

वैज्ञानिक कारण 

मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ । साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ । 

प्राय : घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । 

जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ । आजको नयाँ पत्रिकामा समाचार छ । 

प्रतिकृया दिनुहोस्

तातोपानी नाका जेठको दोस्रो साता सञ्चालनमा आउने

img

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका ...

ललितानिवास प्रकरणः राजदूत पौडेल पनि तानिए

img

बालुवाटारस्थित ललितानिवास र त्यसको चर्चेको करिब एक सय २४ रोपनी सरकारी जग्गा ...

एसईई परीक्षाः उत्तरपुस्तिका परीक्षण गर्न कार्यालय सहयोगी र अन्य कर्मचारी

img

एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय ...

बलात्कारी जोगाउन चलखेलः प्रहरीले घटनास्थलको तस्बिर मेटायो

img

महेन्द्रनगरकी १४ वर्षीया बालिका कञ्चन यतिखेर पाटन अस्पतालको भित्ता हेरेर दिन काटिरहेकी ...

व्यापार घाटा १० खर्ब, सरकारी जग्गामा भूमाफियाको रजगज

img

यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मा व्यापार घाटा ९ खर्ब ...

ओलीको बोलीले हंगामा

img

‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ ...

पत्रपत्रिका

सबै