सिरहामा जारी टि ट्वान्टी  क्रिकेटमा प्यारागन र लोटस विजयी

| ​​​​​​​सिरहा

सिरहाको लहानमा जारी अन्तर स्कुल टि ट्वान्टी  क्रिकेट प्रतियोगिता भएको दुई खेलमा प्यारागन पब्लिक र लोटस बोर्डिंग स्कुल विजयी भएका छन्।

बुधबार भएको खेलमा प्यारागन पब्लिक स्कुलले मेरी चिल्ड्रेन र लोटसले सफ्टेक स्कुललाई हराउदै विजय भएका हुन् ।

लहान खेलकुद एकेडमीको आयोजनामा संचालित खेलमा प्यारागन पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९१ रन बनाउन सफल भएको थियो। म्यान अफ द म्याच भएका वरुण चौधरीको ४१ बलमा ७९ रन, ललित रजक २३ बलमा २९ रन र आभास यादव, अनिल चौधरीसँगै रिशेष यादको सम्मान १८ / १८ रनको मदतले प्यारागन पब्लिक स्कुलले १९१ रनको विशाल स्कोर बनाउन सफल भएको थियो। १९२ रनको लक्ष्य सहित जवाफी ब्याटिंग गर्न मैदानमा उत्रेका मेरी चिल्ड्रेन स्कुलका खेलाडीहरुले फितलो प्रदर्शन गर्दै निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाई सनी यादवले बनाएको ११ रन बाहेक कुनै खेलाडीले दोहरो अंक जोड्न नसक्दा ८८ रन बनाउदा प्यारागनले १०३ रनको फराकिलो जित हात पार्न सफल भएका छन्। मेरी चिल्ड्रेनलाई सस्तैमा समेटन आभास यादव ३, राम बालक यादव ३, अरुण चौधरी २ र ललित रजकले १ विकेट लिएका थिए।

यसैबीच प्रतियोगिता अन्तर्गत लोटस बोर्डिंग स्कुल र सफ्टेक स्कुलबीच भएको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा कृष्णा यादवको ३२, रोहित बिकको १८ र जीवन चौधरीले बनाएको ११ रनको योगदानले १०६ रन बनाएका थिए । १०७ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिंग गर्दै सफ्टेकले १९ ओभर ५ बल खेल्दै विजय साहको २३ रन, विक्रम चौधरी र नविन साहको सम्मान १० / १० रनको मद्दतले अल आउट हुँदै मात्र ८६ रन बनाएकोमा लोटस बोर्डिंग स्कुल २० रनले विजय भएका छन्। खेलको म्यान अफ द मयाच लोटसका बलर प्रविन यादव भएका छन,जसले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए।

विहिबार हुने २ खेलमा पहिलो खेल मधोपुर स्कुल र ललकु स्कुलबीच हुदैछ भने दोस्रो खेल जीविसाव स्कुल र मदरल्याण्ड स्कुल आमुनेसामुने हुने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

राक्सिरंङ्ग गाउँपालिका रनिङशील गोल्डकप हुने

img

"विकास अनुशासन र गतिशीलता " भन्ने मुल नाराका साथमकवानपुर जिल्लको पश्चिमी राक्सिरङ्ग ...

कराते खेलाडी उज्वललाई तेस्रो गिनिज वर्ल्ड रेकर्ड

img

डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्वल ठकुरीलाई तेस्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको ...

फाल्गुनन्द गोल्डकप पुष २१ देखि

img

पाँचथरमा विगत दशवर्षदेखि खेलाइँदै आएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता आउँदो पुष २१ देखी ...

एसिया प्यासिफिक करांँते खेलमा नेपाललाई २ स्वर्ण र ३ कास्य

img

इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न एसिया प्यासिफिक सितोरियो कराँते प्रतियोगितामा नेपालले ५ पदक ...

अन्तर्राष्ट्रिय करातेमा नेपाललार्इ ९ पदक 

img

युएईको आबुधावीमा भएको एकदिने वीनर कप अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपालले दोस्रो ...

व्वाईज युवा क्लवलाई ‘प्रथम प्रकाश स्मृति कप’ को उपाधि

img

गत शनिवारबाट दोलखामा सुरु भएको सर्वाधिक राशीको ‘प्रथम प्रकाश स्मृति कप’ को ...

पत्रपत्रिका

सबै