ल्याब टेक्निसियनको भरमा औरहीका स्वास्थ्य केन्द्र

| लहान

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याब टेक्निसियनको भरमा संचालन भइरहेको छ ।

स्थायी दरबन्दीका चिकित्सक चार वर्षअघि नै सरुवा भएर गएपछि कोही पनि चिकित्सक नआएकाले निमित्त प्रमुखको रुपमा काम गरिरहेको ल्याब टेक्निसियन उमेशकुमार यादवले बताए । ‘स्थानीय दरबन्दीका चिकित्सक नै आउँदैनन, प्राथमिक स्वास्थ्य केन्द्र भएपनि गुणस्तरीय सेवा दिन सकेका छैनौं, जसोतसो स्वास्थ्य केन्द्र स्तरको सेवा प्रवाह गरेका छौं निमित्त प्रमुख यादवले भने ।

१३ दरबन्दीमा आठ कार्यरत जिल्ला सदरमुकाम सिरहाबाट करिब १० किलोमीटर पूर्व र सिरहाको पूर्व पश्चिम सडकमा पर्ने कसहादेखि २० किलोमीटर दक्षिण भारतसँग जोडिएको औहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रका लागि स्थायी चिकित्सकसहित १३ जनाको दरबन्दीरहेको छ । तर दरबन्दी अनुसार कर्मचारी नभएर आठ जना मात्र कार्यरत रहेको निमित्त प्रमुख यादवले बताए । स्वास्थ्य केन्द्रमा स्थायी चिकित्सकको दरबन्दी भएपनि २०७१ माघदेखि कोही चिकित्सक नभएको स्थानीय समाजसेवी प्रमोदकुमार यादव बताउँछन् ।

केन्द्रका निमित्त प्रमुख यादवका अनुसार केन्द्रमा अहिले एक जना अहेब, तीन जना अनमी, एक जना ल्याब टेक्निसियन र तीन जना कार्यालय सहयोगीको भरमा चलिरहेको छ । स्थायी चिकित्सकको दरबन्दी खालिरहेको र एक जना दरबन्दीरहेको स्वास्थ्य सहायक बरियारपट्टि गाउँपालिकाको स्वास्थ्य शाखामा गएपछि कोही आएका छैनन् ।

केन्द्रको २४ घण्टे प्रसुती सेवामा स्टाफ नर्स अनिवार्य भएपनि दरबन्दीका स्टाफ नर्स सरुवा भएर अन्यत्र गएपछि खालिरहेको छ । त्यस्तै तीन जनाको दरबन्दीरहेको अहेव पदमा एक जना मात्र कार्यरत छन् ।

भवन र चिकित्सक ठूलो चुनौती ः जिल्लाको दक्षिणी भेगमा पर्ने औरही, बरियारपट्टि, सुखीपुरको कविलासी, पोखरीया लगायतका करिब आधा दर्जन गाउँका सेवाग्राहीलाई लक्षित गरी स्थापना गरिएको केन्द्र भवन र स्थायी दरबन्दीको चिकित्सक अभाव रहेको गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले बताए ।

स्वास्थ्य केन्द्रको लागि १० का क्षेत्रफलमा निर्माणाधीन भवन अलपत्र परेको छ । ‘पुरानो र जीर्ण भवनको तीन कोठालाई प्रशासन, स्टोर र ओपिडीको रुपमा संचालन गरिरहेका छौं निमित्त प्रमुख यादवले भने । ‘करिब १५ वर्ष अघिदेखि निर्माण थालिएको भवनको ठेकेदार कम्पनीले बीचमै छोडेर हिंडेपछि भवन अलपत्र परेको छ । गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले ‘शहरी विकास मन्त्रालय र स्वास्थ्य सेवा विभागमा ताकेता गरिरहेका छौं, समस्या जस्ताको त्यस्तै छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहा प्रशासन शाखाका शाखा अधिकृत उमेशलाल कर्णले केन्द्रमा दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मीको लागि मन्त्रालय, विभाग र लोकसेवा आयोगलाई बारम्बार पत्राचार गरिएको जानकारी दिए । ‘आगामी केही दिन भित्र आयोगले जिल्लाका लागि दिने चिकित्सक र स्वास्थ्यकर्मी मध्ये पहिलो प्राथमिकता औरहीलाई दिन्छौं प्रशासन प्रमुख कर्णले भने ।

प्रतिकृया दिनुहोस्

सिरहाको सोठियाइनमा डा. केसीको स्वास्थ्य शिविरसँगै कम्बल वितरण

img

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सिरहाको दुर्गम दलित बस्तीमा ...

ललितपुरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

img

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा बागमती गाउँपालिकामा पहिलो चरणको एकीकृत घुम्ती सेवा ...

स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

img

रसुवा जिल्लाको दुई वटा गाउँपालिकामा प्रयोगशाला स्थापना गरिएको छ । उतरगया गाउँपालिका वडा ...

श्रीमती संघद्धारा निशुल्क स्वास्थ्य शिविर

img

रसुवाको स्याफ्रुबेशीमा निशुल्क स्वास्थ्य शिविर तथा मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ...

दान दिएको जग्गामा बन्यो स्वास्थ्य चौकी

img

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ का ४८ वर्षीय विन्देश्वर साहले चिया बेचेर किनेको ...

सिरहामा निःशुल्क योग शिविर सम्पन्न

img

‘योग गरौं, निरोग रहौं मुल नाराका साथ’ सिरहाको पदमपुरमा ७ दिवसीय निःशुल्क ...

पत्रपत्रिका

सबै