१२ वर्षदेखि साङ्लोमा

| राजविराज –

सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन्। वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्।

उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ। उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ। साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन्।

जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन। ओढ्न–ओछ्याउन एउटा सिरक छ। जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन्। 

बसेकै ठाउँमा दिसापिसाब पनि गर्छन्। साङ्लोको डाम गढेर घाउ नै भएको छ। उनी बेला–बेला हतकडी खोलिदिन श्रीमतीलाई आग्रह गर्छन्। खोलिदिऊँझैं लागे पनि अप्रिय घटना हुने डर रहेको सुशीलाले सुनाइन्। सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन्।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

परिवारबाटै असुरक्षित, एक वर्षमा १२० जनाको हत्या

img

महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लघंन र दुव्र्यवहारका घटना धेरै हुने गरेको ...

अदुवा - चिया सेवनले दिन्छ अचुक फाइदा

img

जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर ...

बलात्कारपछि घाँटी थिचेर हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

img

बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा ...

मन्त्रीले लिए दोहोरो सुविधाः रकम खल्तीमा, मन्त्रालयबाट तेल

img

कास्की – गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा ...

पानीजहाज कार्यालयमा कर्मचारी छैनन्

कोशी नदीमा पानी जहाज चल्ने मिति तय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट पानी जहाजको टिकट पाउने काउन्टर खुल्ने कुरामा यसअघि ढुक्क हुन आश्वासन दिनुभएको थियो ।  तर, त्यसअनुरुप नभएपछि उहाँको ...

सरकारले किन्याे पाँच वर्षमा १३ अर्बकाे फर्निचर सामान

img

हरियो वन नेपालको धन भन्ने नारा पुरानो भएको छ, अब हरियो वन ...

पत्रपत्रिका

सबै