लहानमा अपांगता दिवस मनाइयो 

| लहान

सोमबार २७ औं अन्तराष्ट्रिय अपांगता दिवस सिरहा सहित संसारभर विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा सिरहाको लहानमा  प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ। यस वर्ष ‘अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता  र समानताको सुनिश्चितता’ मूल नारासहित सो दिवस मनाइएको छ। अपांग पुनर्स्थापना केन्द्र लहान सिरहाको आयोजनामा आयोजित उक्त कार्यक्रममा विभिन्न गाउँपालिका नगरपालिकाका अपांगता भएका व्यक्तिहरु , जनप्रतिनिधि, संचारकर्मी , वुद्धिजीवी , महिला , युवायुवतीहरुको उपस्थितमा लहान नगर परिक्रमा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिले पनि राज्यका हरेक क्षेत्रमा समान अवसर पाउने बताएका छन् । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा हिजो एक सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । अपाङ्गता भएका व्यक्तिहरू विभेद र अवरोधहरूका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

अपाङ्गता भएका महिलाहरूमाथि हुने हिंसा र दुव्र्यवहारका विरूद्धमा कडा कानूनी कारबाहीहरू अगाडि बढाउने र पीडितलाई क्षतिपूर्ति दिलाउने विषयमा सरकारले विशेष ध्यान पुर्‍याएको सन्देशमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पर्यटन बर्ष घोषणा गरिने

img

गोसाइकुण्ड गाउँपालिकाले सन् २०१९ लाई गोसाइकुण्ड लाङटाङ पर्यटन वर्ष घोषणा गर्ने भएको ...

पत्रपत्रिका

सबै