सम्पत्ति हत्याउने खेलमा बाबु छोराकै पटकपटक मृत्यु दर्ता

| काठमाडौं

मान्छेको मृत्यु भएपछि सम्बन्धित मृतकका परिवारले एक पटक मात्र मृत्यु दर्ता बनाउन पाउने नियम छ । तर, सिरहा जिल्लाको लहान नगरपालिका, १२ मा एक मृतक व्यक्ति बाबु छोराको फरक फरक मिति राखेर मृत्यु दर्ता प्रमाण पत्र बनाएको भेटिएको छ ।

साविकको पडरिया गाविस, ८ मा पर्ने पाँचु फनैत थारुको नाममा फरक मिति राखेर तीन पटक मृत्यु दर्ता गरिएको खुलेको हो । वडा नं. १२ को कार्यालयमा रहेको अभिलेखअनुसार २४ मंसिर २०४७ मा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको देखाएको छ । जसमा उनकी पत्नी जोखनी चौधरीको समेत मृत्यु भएको भन्ने आधार रहेको छ । उक्त प्रमाणपत्रमा उनको मृत्यु ८ मंसिर २०४४ मा भएको उल्लेख छ ।

किशोरकुमार चौधरी सूचक रहेको अर्को मृत्यु दर्ता २५ वैशाख २०४९ मा जारी भएको छ । यस प्रमाणपत्रमा पाँचुको ७४ वर्षको उमेरमा १५ वैशाख २०४७ मृत्यु भएको उल्लेख गरिएको छ । यस्तै १७ चैत २०५१ मा जारी मृत्यु दर्ता प्रमाणपत्रमा ६५ वर्षको उमेरमा २ मंसिर २०४४ मा मृत्यु भएको उल्लेख गरिएको छ ।

सम्पत्ति हत्याउने खेल

मृतकका आफन्तको भनाई अनुसार पाँचुको मृत्यु ८ मंसिर २०४४ मा भएको हो । उनकी पत्नी जोखनी सूचक रहेको २४ मंसिर २०४७मा तत्कालीन गाविस कार्यालयबाट जारी मृत्यु दर्ता प्रमाण पत्र नै सहिरहेको परिवारको दाबिरहेको छ ।

पूर्व पश्चिम सडकअन्तर्गत भोटिया टोलमा पाँचुको नाममा रहेको एक अर्बभन्दा बढीको सम्पत्ति हत्याउन उनको मृत्यु दर्ता बारम्बार भएको आफन्तले जनाएको छ । उनको नाममा करिब चार बिघा जग्गा हत्याउन माफियाले पाँचु फरक फरक मितिमा मृत्यु दर्ता निकालेको परिवारले जनाएको छ । माफियाले नक्कली मृत्यु दर्ता बनाएर केही जग्गा नामसारी गरेको परिवारजनले बताए पनि कुनै तथ्य फेला पार्न सकेको छैन ।

छोराको दुई मृत्यु दर्ता

मृत्यु भइसकेको पाँचुको सम्पत्तिको हकवाला कान्छो छोरा लालबिहारी चौधरीको समेत दुई वटा मृत्यु दर्ता बनाएको अभिलेखमा भेटिएको छ । जोखनी थरुनी सूचक रहेको मृत्यु दर्ता २८ चैत २०५८ मा जारी गरिएको छ । यस मृत्यु दर्तामा ३ वैशाख २०४७ मा मृत्यु भएको जनाएको छ ।

उनको अर्को मृत्यु दर्ता १७ चैत २०५१मा जारी भएको देखाएको छ । यस प्रमाण पत्रका अनुसार लालबिहारीको ५ माघ २०४३मा मृत्यु भएको उल्लेख छ । उनको मृत्यु ३ वैशाख २०४७मा भएको परिवाजनको बताएका छन् ।

एकै जनाको हस्ताक्षर

तत्कालीन पडरिया गाविसबाट जारी गरिएको पाँचु र उनको छोराको मृत्यु दर्ता प्रमाण पत्रमा तत्कालीन सचिव शोभितलाल चौधरीले स्थानीय पञ्जिकाधिकारीका रुपमा हस्ताक्षर गरेका छन् । वडा नम्बर १२का वडाध्यक्ष बद्री चौधरीले एकै व्यक्तिको फरक मिति उल्लेख गरी मृत्यु दर्ता प्रमाण पत्र लिएको अभिलेख भेटिएको बताए ।

लालबिहारीको नाममा समेत फरक फरक मितिमा प्रमाण पत्र लिएको भेटिएपछि पाँचुको तीन वटा मृत्यु दर्ता प्रमाणपत्र बनेको खुलेको वडाध्यक्ष चौधरीले बताए । पाँचुको नाममा भोटियाटोल चोक वरपर करिब चार बिघा जग्गा रहेकाले माफियाले तीन वटा प्रमाणपत्र बनाएको हुन सक्ने भन्दै छानबिन हुनु बताएको छ ।

मृत्यु दर्तामा स्थानीय पञ्जिकाधिकारीको रुपमा हस्ताक्षर गरेका तत्कालीन गाविस सचिव शोभितलालले कार्यालयमा भीडले अभिलेख भीडाउन नपाएकाले यस्तो भएको बताए । २०६३ वैशाखमा अवकाश पाएका उनले कुनै प्रलोभन र दबाबमा नरहेको बताउँदै अरुले फाइदा उठाएको हुन सक्ने बताए । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले फरक फरक मितिमा मृत्यु भएको विषयमा पत्र काटेर आवश्यक छानबिन भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै