स्व. नेतृ सन्तकुमारीलार्इ सभापति देउवाको समवेदना

| धनकुटा

धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेतृ स्वर्गीय सन्तकुमारी लिम्बुकोको सम्मानमा मंगलबार नेपाली कांग्रेसले मौनावुधुकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

श्रद्धाञ्जली सभामा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले समवेदना दिएको छ ।

सभापति देउवाले पठाएको समवेदना पत्र प्रदान गर्दै नेपाली कांग्रेसका सभापति अग्निप्रसाद पौडेलले नेतृ स्व. लिम्बुको निधनले धनकुटाका नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको वताए । यसैगरी प्रदेश नम्वर १ का सांसद लिला सुब्बाले समाजिक अभियन्ता तथा राजनैतिककर्मी स्व.लिम्बुको सपना पुरा गर्न सबैले लाग्नु पर्ने वताए।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्यहरू ललित वहादुर चेम्जोङ्ग, दुर्गा वहादुर सुवेदी, जिल्ला सदस्यहरू देवेन्द्र श्रेष्ठ, हर्कमान चेम्जोङ्ग, क्षेत्रीय सभापति जितेन्द्र राई, पूर्व जिल्ला सदस्य पदम राईले उनको निधनले पार्टीमा क्षति पुगेको बताए । त्यसैगरी नेकपाका प्रतिनिधि धनवहादुर लिम्बु, संघीय समाजवादी फोरम नेपाल धनकुटाका नेता कृष्ण गोविन्द चेम्जोङ्ग, महिला संघका क्षेत्रीय कोषाध्यक्ष संगीता वराल लगायतले नेतृ स्व. लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए  । उनीप्रति साचो अर्थमा श्रद्धाञ्जली व्यक्त गर्नका लागि उनले थालिएको सामाजिक कामहरुलाई पुरा गर्न सबै लाग्नुपर्ने वताउदै निधनले सामाजिक, राजनैतिक क्षेत्रमा अपुरणीय क्षती पुगेको वताएका थिए ।

नेपाली कांग्रेस चौविसे गाउँपालिका वडा नं. ७ मौनावुधुका सभापति सुरेन्द्र चेम्जोङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभापति देउवा, नेपाली कांग्रेस धनकुटाको जिल्ला, क्षेत्र, गाउँपालिका तथा वडा समितिका समवेदना पत्र समाजसेवी राजनीतिज्ञ स्व.लिम्बुको  परिवारजलाई प्रदान गरिएको थियो ।

यसैगरी लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञकुमारी रुचाललगायत गाउँपालिकाका परिवाजन र दर्जनौ विभिन्न समाजिक संघसस्थाहरुले समेत समवेदना पत्र परिवाजनलाई प्रदान गरिएको थियो ।

नेतृ स्व. लिम्बुको मंसिर १० गते उच्च रक्तचापको कारण ५७ वर्षको उमेरमा असमायिक निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्

गुटबन्दी हटाउन कांग्रेसमा नयाँ अभियान

img

गुटबन्दी र आन्तरिक किचलोका कारण कमजोर बन्दै गएको कांग्रेसलाई पुरानै शैलीमा फर्काउन ...

काठमाडौंं क्षेत्र नम्बर ३ का सांसदको चियापान

img

संघीय लोकतन्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो संघीय संसदको निर्वाचन भएको वर्षगांठको अवसर काठमाण्डौं ...

नेकपा दोलखाले स्थानीय तह कमिटीको नाम प्रदेशमा शिफारिस

img

नेपाल कम्युनिष्ट पार्टी दोलखाले जिल्लाको ९ वटै स्थानीय तहको पार्टी कमिटिका अध्यक्ष ...

वडा सदस्य स्व. सन्तकुमारीको श्रद्धाञ्जलीमा काँग्रेस सभापति देउवाको समवेदना पत्र

img

धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका- ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला ...

नेकपाको प्रदेश कमिटीको टुंगो (सुचीसहित)

img

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटि एकीकरणको अन्तिम टुंगो लगाएको ...

स्व. भिमबहादुर तामाङको शालिक, छ्योर्तेनको अनावरण

img

बरिष्ठ प्रजातन्त्रवादी नेता स्व. भिम बहादुर तामाङ एक सच्चा देश भक्त, समाजवादी, ...

पत्रपत्रिका

सबै