वडा सदस्य स्व. सन्तकुमारीको श्रद्धाञ्जलीमा काँग्रेस सभापति देउवाको समवेदना पत्र

| धनकुटा

धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका- ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेत्री स्व. सन्तकुमारी लिम्बुकोको सम्मानमा नेपाली कांग्रेसले मौनावुधुकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

श्रद्धाञ्जली सभामा पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले पठाएको समवेदना पत्र वाचन गरेको थियो । सभापति देउवाले पठाएको समवेदना पत्र वाचन/प्रदान गर्दै श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलले नेपाली कांग्रेस धनकुटाका नेत्री तथा समाजसेवी स्व.सन्तकुमारीको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको बताए ।

यसैगरी १ नम्बर प्रदेशका सांसद लिला सुब्बाले समाजिक अभियान्त तथा राजनैतिक कर्मी स्वर्गीय लिम्बुको सपना पुरा गर्न सबै लाग्नु पर्ने बताए । नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महासमिति सदस्यहरु ललित वहादुर चेम्जोङ, दुर्गा वहादुर सुवेदी,जिल्ला सदस्यहरु देवेन्द्र श्रेष्ठ, हर्कमान चेम्जोङ, क्षेत्रिय सभापति जितेन्द्र राई,पूर्व जिल्ला सदस्य पदम राई,नेकपाका प्रतिनिधि धन वहादुर लिम्बु,संघिय समाजवादी फोरम नेपाल धनकुटका नेता कृष्ण गोविन्द चेम्जोङ्ग, महिला संघका क्षेत्रिय कोषाध्यक्ष संगिता वराल लगायतले धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउपालिका वडा नं. ७ निर्वाचित वडासदस्य कांग्रेस महिला नेत्री स्वर्गीय सन्तकुमारी लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीप्रति साचो अर्थमा श्रद्धाञ्जली व्यक्त गर्नका लागी उनले थालेका सामाजिक कामहरुलाई पुरा गर्न सवै लाग्नु पर्ने बताउंदै उनको निधनले समाजिक, राजनैतिक र गाउँको बिकासको क्षेत्रमा अपुरणीय क्षती पुगेको बताए । 

नेपाली कांग्रेस चौविसे गाउपालिका वडा नं. ७ मौनावुधुका सभापति सुरेन्द्र चेम्जोङ्गको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा सभापती देउवाले पठाएका समवेदना पत्र, नेपाली कांग्रेस धनकुटको जिल्ला, क्षेत्र, गाउपालिका तथा वडा समितिका समवेदना पत्र स्व. लिम्बुको परिवारलाई प्रदान गरिएको थियो । यसैगरी स्व. लिम्बुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चौविसे गाउपालिकाका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाललगायत गाउपालिकाका परिवाजन र दर्जनौ विभिन्न समाजिक संघ सस्थाहरुले समेत समवेदना पत्र परिवाजनलाई प्रदान गरेको थियो ।

धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउपालिका वडा नं. ७ निर्वाचित वडा सदस्य कांग्रेस महिला नेत्री स्वर्गीय सन्तकुमारी लिम्बुको गत मंसिर १० गते उच्च रक्तचापको कारण ५७ बर्षको उमेरमा असमायिक निधन भएको थियो ।

प्रतिकृया दिनुहोस्

नेवि संघ मकाउमा नयाँ नेतृत्व 

img

मकाउका नेपाली काग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघ मकाउ गठन भएको छ ...

गुटबन्दी हटाउन कांग्रेसमा नयाँ अभियान

img

गुटबन्दी र आन्तरिक किचलोका कारण कमजोर बन्दै गएको कांग्रेसलाई पुरानै शैलीमा फर्काउन ...

काठमाडौंं क्षेत्र नम्बर ३ का सांसदको चियापान

img

संघीय लोकतन्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो संघीय संसदको निर्वाचन भएको वर्षगांठको अवसर काठमाण्डौं ...

नेकपा दोलखाले स्थानीय तह कमिटीको नाम प्रदेशमा शिफारिस

img

नेपाल कम्युनिष्ट पार्टी दोलखाले जिल्लाको ९ वटै स्थानीय तहको पार्टी कमिटिका अध्यक्ष ...

स्व. नेतृ सन्तकुमारीलार्इ सभापति देउवाको समवेदना

img

धनकुटाका वरिष्ठ समाजसेवी तथा चौविसे गाउँपालिका वडा नं. ७ निर्वाचित वडा सदस्य ...

नेकपाको प्रदेश कमिटीको टुंगो (सुचीसहित)

img

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटि एकीकरणको अन्तिम टुंगो लगाएको ...

पत्रपत्रिका

सबै