जसको त्रास र डरमा छन् गाउँ

तीन गाउँ विस्थापित

| काभ्रे

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, सिमसिम पानी पर्दा पनि जमिन बग्न सुरु हुन्छ । यो दुतिको पहिरो हो । जुन काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. २ मा अवस्थित छ । कमेरो माटो भएकाले सिमसिमे पानी पर्दा पनि बग्न सुरु गर्छ । जसको त्रास र डरमा छन् गाउँ ।

पहिरोको वरिपरि नेवार समुदायको बाक्लो बस्ती छन् । पहिरो जाने स्थानमा रहेको धेरै बस्ती विस्थापित भइसकेका छन् । कति मानिस बगाए, कति गाईबस्तु बगाए, स्थानीय मेघनाथ प्रधानले बताए ।

उनका अनुसार उहिले यहाँ पाटन, बनेपा, भक्तपुर जस्ता नामाकरण गरेका बजार रहेको बताए । तर त्यो सबै बगाएपछि बस्ती नै छरपष्ट भई बसाइसराई गरेको उनले सुनाए ।

पहिरोले तीनवटा गाउँ नै विस्थापित भइसकेका छन् । कटुवालटोल, भालुसिलेटोल, गैरीगाउँ । अरु प्रभावित बस्तीहरू तलतल सर्दै आएका छन् । हेर्दाहेर्दै त्यस ठाउँ उजाड हुँदै गएको छ ।

झन्डै २ किलोमीटर लामो क्षेत्रसम्म पहिरो गइसकेका छन्, अझ बढ्ने क्रम जारी छ । केही स्थान उजाड मरुभूमिसरह भएको छ, केहीमा घाँस, बिरुवा उम्रेर झाडी भएको छ । केहीमा चाहिं अलिअलि खेतीपाती पनि गरिरहेका छन् ।

७ दशक अघिबाट पहिरो जान सुरु भएको स्थानीय बृद्धहरू बताउँछन् । पहिरो जानको कारणबारे स्थानीयहरू यसरी बताउँछन् – एक थरी भनाई– देवीदेवताको झगडाले गएका भन्ने छन् । अर्काथरीले– पहिले पहिरो जानुभन्दा अघि यसैको माथि टुप्पामा पोखरी थियो, त्यहाँ जुठो गरेको हुँदा देवता रिसाएर पहिरो गएको भन्ने विश्वास गरिन्छ ।

वडा नं. २ का वडा सदस्य छत्रबहादुर प्रधानका अनुसार लामाहरू गुफा बस्ने क्रममा लामाले तोर्म बनाउदा तोर्म नबनी जतिखेर पनि पिठोमा परिणत हुने । यसको कारण यहाँ गुफा बस्दा नाग रिसाएर पहिरो जान सुरु गरेको उनले सुनाए ।

स्थानीय लामागुरु नोर्बु लामाका अनुसार गुफा बस्ने क्रममा त्यस डाँडामा लामाहरुबीच थुताम (शक्ति प्रदर्शन) गर्दा एक पट्टी लामाले पोखरी नै पल्टाएको भनाई छ । त्यसरी पोखरी पल्टाएपछि पहिरो जान थालिएको भन्ने उनको भनाइ थियो ।

वडा सदस्य प्रधानका अनुसार यस क्षेत्र संरक्षण प्रवद्र्धनमा स्थानीय तहले केही बजेट चाहिं छुट्याएको छ । तर त्यसले नियन्त्रण गर्न एक छेउ पनि नपुग्ने उनले बताए ।

स्थानीयहरू अझै यही स्थानमा देवीदेवता रहेको विश्वास गर्छन् । यही दक्षिणतिर खाँडादेवीको मन्दिर छन् । जहाँ भाकल स्वरुप फुलपातीदेखि बली दिने गर्छन् ।

गाउँ छेउमा अन्दाजी ७० वर्षअघि सरकारले तामा खानी सञ्चालन गरेको थियो । तामा निकाल्न पाटन, भक्तपुरका बाँडाहरू आउने गरेको स्थानीयले बताए । उनीहरुका अनुसार खानीबाट ठूलाठूला चक्ला निकाल्थे । तामा सकिएपछि सरकारले खानी बन्द गर्यो तर बस्तीको समस्यालाई चाहिं नहेरेको स्थानीयले गुनासो गरे ।

स्थानीय तहमा तामाकै सिक्कासमेत प्रचलनमा रहेको स्थानीय प्रधान सम्झन्छन् ।

प्रतिकृया दिनुहोस्

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

आज देव अवतरण महोत्सव (ल्हाबब दुछेन)

img

शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि ...

पत्रपत्रिका

सबै