नौकुण्डमा लैङ्गिक हिंसाविरुद्धको अभियान

१६ दिने लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको कार्यक्रम गर्दा नौकुण्ड गाउँपालिकाभित्र बालविवाह, बहुविवाह, बेचविखनमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय लैङ्गिक, हिंसा, नियन्त्रण, जिल्ला सञ्जाल, माइती नेपाल, शक्ति समूहले नौकुण्डको वडा नं. ६ सस्र्युमा सो कार्यक्रम गरिएको हो । ‘लैङ्गिक, हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नारालाई सार्थक बनाउन गोसाइकुण्ड माध्यमिक विद्यालयका १ सय ५० जना विद्यार्थीहरुलाई जनचेतनामुलक बृत्तचित्र देखाई आफ्नो जीवनमा पनि सकारात्मक कुराहरू ल्याउने र समाजमा सन्तुलन ल्याउने काम गरेको छ ।
विद्यालयका प्राधानध्यापक मोचनाथ न्यौपानेका अनुसार भूकम्पपछि बालविवाह, बहुविवाह र बेचविखन कमै छन् र हुन नदिन हामीले विद्यालयस्तरबाट सक्दो प्रयास गरिरहेको बताए ।
गाउँपालिका अध्यक्ष सिर्जना लामाले नौकुण्ड गाउँपालिकाभित्र यस्ता जनचेतनामुलक कार्यक्रम गरी नमुना गाउँपालिका बनाउने प्रण गरेकी छन् ।