ताम्बाला काइरन

| काठमाडौं

तम्बा भनेको विशेषतः विवाह संस्कारको मुख्याधिकारी हो । विगतमा राज्यपक्षद्वारा बोम्बो र लामा जस्ता संस्थाहरूमाथि पनि अनेक प्रहार भएका थिए । चोहो संस्थालाई त समाप्त नै पारिसकेकाभन्दा पनि फरक पर्दैन । यद्यपि, तम्बा संस्थालाई भने तामाङ समाजले छोडेको छैन । परिणामतः केही वर्षअघिदेखि तम्बा सशक्त रूपमा उभिँदै आएको छ । राज्यपक्षका अनेक दमनलाई चिर्दै तम्बालाई निरन्तर अभ्यासबाट नछोड्नुलाई कतिपय विश्लेषकले, 'तामाङ राष्ट्रद्वारा अवलम्बन गरिएको राज्यविरुद्धको प्रतिरोध'को रूपमा पनि उल्लेख गरेका देखिन्छन् ।

प्रतिकृया दिनुहोस्

पत्रपत्रिका

सबै