जिएमइ जीवन ज्योति: एक जनालाई कोरियामा उपचार गरिदिने

| दक्षिण कोरिया

कोरियामा संचालित रेमिटेन्स कम्पनी ग्लोबल मानी एक्सप्रेस (जिएमइ) ले जिएमइ जीवन ज्योती योजना ल्याएको छ ।

यस योजना अन्तर्गत नेपालमा उपचार हुन नसकेर दृष्टिबिहिन एक जना बालक वा बालिकालाई दक्षिण कोरियामा ल्याएर उपचार गराउने हो । नेपालमा उपचार सम्भव नहुने र उपचार गर्ने नसक्ने एक जनालाई कोरियामा ल्याएर नि:शुल्क उपचार गरिदिने सूचनामार्फत जिएमइले बताएको छ ।

जिएमइले फेसबुकमा सूचना राख्दै `यहाँहरुले चिनेजानेका कोही छ र यो उपचारको खाँचो छ भने हामीलाई सम्पर्क गर्नुहोला ।´ सूचनामा भनिएको छ-, `हामी कोरियाका डाक्टर र नेपालको डाक्टरको सल्लाह अनुरुप उक्त ब्यक्तिको आँखाको नेपालमा उपचार सम्भावना छैन भने बालक वा बालिकासँगै एक अभिभावक ल्याएर उपचार गर्नेछौं ।´

पाँच सेवा नि:शुल्क

उपचारको लागि जिएमइले पाँच सेवा नि:शुल्क गर्ने बताइएको छ । नि:शुल्क मध्येको `कोरियाको हाङ्गिल अस्पतालमा नि:शुल्क आँखा अपरेशन गर्ने´ एक हो । त्यससँगै बिरामी र एक जना बिरामीका अभिभावकलाई नि:शुल्क हवाइ टिकटको ब्यबस्था गरिने, उपचार अवधिसम्म बस्नको लागि नि:शुल्क होटलको प्रबन्ध, एयरपोर्टबाट अस्पतालसम्म जान आउने ब्यबस्था र अन्य खर्च बापत ५० अमेरिकी डलर दैनिक एक जना अभिभावकलाई दिने रहेका छन् । थप जानकारीको लागि जिएमइको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

कोरियामा फेब्रुअरी ४ मा सोनाम ल्होछार कार्यक्रम

img

सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिक नेपाल तामाङ संघ ...

शेर्पा किदुगले मार्च १ मा ल्होछार मनाउने

img

शेर्पा किदुग युएईले मार्च १ मा ग्याल्पो ल्होछार मनाउने भएको छ । ...

एनसीसी कोरियाको २५ बर्ष, स्मारिका बिमोचन

img

दक्षिण कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले स्थापना भएको २५ ...

तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम लामा

img

तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा चयन भएको छ । ...

एनसीसीले रजत जयन्ती मनाउँदै

img

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत ...

हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ

img

हङकङ तामाङ घेदुङले पूर्ण कार्यसमिति पाएको छ । हङकङ घेदुङले ११ जनाको ...

पत्रपत्रिका

सबै