स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना

| रसुवा

रसुवा जिल्लाको दुई वटा गाउँपालिकामा प्रयोगशाला स्थापना गरिएको छ ।

उतरगया गाउँपालिका वडा नं.३ र ४ लहरेपौवा र कर्मीडाँडामा आर्थिक वर्ष २०७५/०७६ को बार्षिक कार्यक्रम अन्र्तगत १० लाखको लागतमा दुईवटा स्वास्थ्य चौकी शाखा स्थापना गरिएको हो । यस वर्ष गाउँसभावाट प्रयोगशाला स्थापना गर्ने निर्णय पारित भई नीति तथा कार्यक्रम नै समावंश गरिएको बताइएको छ ।

गाउँपालिकाभित्रका बासिन्दाहरुको स्वास्थ्यको ख्याल गर्दै स्थापना गरिएको प्रयोगशालाको उतरगया गापाका अध्यक्ष उपेन्द्र लम्सालले एक कार्यक्रम बीच ठुलोगाउँ स्वास्थ्य चौकी र वडा नं. ४स्थित लहरेपौवा स्वास्थ्य चौकी कर्मीडाँडामा उद्घाटन गर्न बाँकिरहेको बताए । एक एक वटा ल्याव असिस्टेन्ट समेत व्यवस्था गरी कुनै पनि रोगको पहिचानका लागि त्रिशुली र काठमाण्डौं जानु नपर्ने स्थानियहरुले बताएका छन् ।

यस अघि जिल्लाको नौकुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य चौकी जिल्ला अस्पताल धुन्चे जीवजीवे प्राथामिक स्वास्थ्य केन्द्रमा पहिले नै सञ्चालनमा आइसकेका छन् । उतरगया गापामा १० हजार ८ सय ७२ जनसंख्या रहेका छन् । आगामी वर्षमा बाँकी वडाहरुमा समेत प्रयोगशाला राखिने वताइएको छ । प्रयोगशालामा १० प्रकारको रोग परीक्षण गरिनेछ ।

प्रतिकृया दिनुहोस्

सिरहाको सोठियाइनमा डा. केसीको स्वास्थ्य शिविरसँगै कम्बल वितरण

img

त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सिरहाको दुर्गम दलित बस्तीमा ...

ललितपुरमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न

img

जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा बागमती गाउँपालिकामा पहिलो चरणको एकीकृत घुम्ती सेवा ...

ल्याब टेक्निसियनको भरमा औरहीका स्वास्थ्य केन्द्र

img

दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका ५ स्थित प्राथमिक ...

श्रीमती संघद्धारा निशुल्क स्वास्थ्य शिविर

img

रसुवाको स्याफ्रुबेशीमा निशुल्क स्वास्थ्य शिविर तथा मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको ...

दान दिएको जग्गामा बन्यो स्वास्थ्य चौकी

img

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ का ४८ वर्षीय विन्देश्वर साहले चिया बेचेर किनेको ...

सिरहामा निःशुल्क योग शिविर सम्पन्न

img

‘योग गरौं, निरोग रहौं मुल नाराका साथ’ सिरहाको पदमपुरमा ७ दिवसीय निःशुल्क ...

पत्रपत्रिका

सबै