पाँच महिनामा चार अर्ब राजश्व संकलित

| रसुवा

चालु आर्थिक वर्षको साउनदेखि मंसिरको दोस्रो सातासम्म भन्सार राजश्व ४ अर्व २८ करोड संकलन भएको छ । 

प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार राजश्वतर्फ मंसिर महिनाको भन्सार राजश्व ६० करोड ४५ लाख उठाउने लक्ष राखिएकोमा दोस्रो सातामै ५३ करोड ९० लाख असुली भइसकेको बताए । खरिदार तथा नायब सुब्बा स्तरका ३० जनाले जाँच गरी छिटो छरितो जाँच पास गर्ने कार्य भइरहेकोले यो वर्षको ५ महिनामा उक्त राजश्व संकलन असुली भएको हो । 

राजश्व असुलीमा १३४ प्रतिशत प्रगति हासिल गर्न सफल भएको र दैनिक रुपमा ३ सयको हाराहारीमा कन्टेनर गुड्ने गरेको छ । चीनबाट बढी मात्रामा रेडिमेट कपडा, जुत्ता, चप्पल, मोबाइल, इलेक्ट्रोनिक, कस्मेटिक लगायतका सामग्री भित्रिने गरेका छ । 

२०७१बाट अन्तर्राष्ट्रिय नाका घोषणा भएसँगै संचालनमा आएपछि राजश्व पनि बढ्दै गएको हो । तातोपानी नाका बन्द भएपछि यही नाकाबाट सामान ढुवानी हुन थालेपछि राजश्वमा बृद्धि भएको हो ।

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

पत्रपत्रिका

सबै