सिद्धर्थ प्राविको विब्यस चयनमा वडाध्यक्ष र अभिभावक विवाद

| लाहान

लहान नगरपालिका-८ मा रहेको श्री सिद्धार्थ प्राविमा बिद्यालय व्यवस्थापन समिति चयनका लागि बोलाइएको अभिभावक भेलामा विवाद उत्पन्न भएको छ। विहिबार बिद्यालय ब्यबस्थापन समिति चयन गर्न बोलाइएको अभिभावक भेलामा अध्यक्ष पदका लागि नगरपालिका ८ का वडा अधयक्ष विजय कुमार महतो र अभिभावक विच विवाद हुँदा विना निष्कर्ष अविभावक भेला स्थगित भएको वर्तमान बिब्यस अध्यक्ष गोपाल पासमानले जानकारी दिए ।

अध्यक्ष पासमानका अनुसार वडा अधयक्षले समितिको अध्यक्षमा आफ्नो मान्छे राख्न खोज्दा विवाद उत्पन्न भएको आरोप बताए । अभिभावकहरुको सहमति विपरित वडाध्यक्ष महतोले आफ्नो मान्छेलाई अध्यक्ष पदमा नराखे यो समिति चयन हुदैन भन्दै भेलाबाट उठेर हिड्न खोज्दा केहीबेर घम्सा-घम्सी समेत भएको नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी श्याम साह भोरले बताए ।

यता वडाधयक्ष महतोका अनुसार `म माथि लगाएको आरोप निराधार रहेको दाबि गरे । मैले कुनै आफ्नो मान्छेलाई अध्यक्ष बनाउन भनेको छैन। विद्यालयमा अध्यनरत वडा नम्बर ५, ६, ७, ८ र ९ का बिद्यार्थीहरु मध्ये बाहेकका मान्छेहरुलाई बोलाइ हुटिङ गर्न लगाउँदा त्यसमा मैले अभिभावक बाहेकको कोही पनि मान्छे बस्न नपाउने भन्दा उल्टै म माथि राजनीतिक प्रतिपक्षीय निराधार आरोप लगाइएको बताए । शुक्रबार काठमाडौंमा उनको बिशेष कार्य भएको हुनाले त्यहाँबाट हिडेको र १९ गते फेरी अभिभावक भेला गरि सहमतिमै समिति गठन गरिने बताएका छन्।

यसै बीच शिक्षा शाखाका बिनि भवानी कटेलसंग यस बारेमा जिज्ञासा राख्दा खासै त्यस्तो विवाद गर्नु पर्ने कुनै कुरो नै थिएन । वडाध्यक्ष विजय महतोले फोन मार्फत २ दिन अगाडी नै बिहिबार काठमाडौं जाने कुरा जानकारी गराएको थियो। तर मैले उनलाई चाँडै समिति गठन भइ हाल्ने भनि बोलाएको थिए। तर अभिभावकहरु समयमा नआउदा ढिलो भयो, सोहि क्रममा समितिका उम्मेदवारका लागि नाम माग्दा पुरुषबाट ६ जना र महिला तर्फबाट ७ जनाको नाम आउँदा त्यहाँ उपस्थित केहि अभिभावकहरु र अन्य व्यक्तिहरुले हामी मान्दैनौ भन्दै सिधै शिक्षा कार्यालयबाट नाम आउने भन्दै हो-हल्ला गर्न थाले पछि सामान्य विवाद उत्पन्न भएको बताए ।

स्रोत व्याक्ति काशिंदर प्रसाद यादवका अनुसार समितिमा ९ जना मात्र बस्ने प्रावधान रहेकोले २ जना पुरुष र २ जना महिला छनोट प्रकियाबाट बस्ने व्यवस्था रहेको छ। भने २ जना लाई मनोनयन गर्ने प्रावधान रहेको छ। त्यस पश्चात वडाध्यक्ष, प्रधानाध्पाक र शिक्षा प्रतिनिधि गरि ९ जनाको समिति बन्ने प्रावधान रहेको बताउदै सर्वसहमति हुन् नसक्दा विवाद उत्पन्न भएको बताए । हाल प्राबिमा १२० जना विद्यार्थी मात्र अध्यनरत रहेको र विद्यालयमा राजनीति हावी भएको प्रधानाध्यापक सुधा चौधरीसंगै स्थानीयहरु बताउछन् ।

प्रतिकृया दिनुहोस्

सिंहदरवारको अनुभुति गराउन राक्सिराङको घरदैलो सेवा

img

सरकारको अनुभूति दिलाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरदैलोमा नै पुगेर सेवा दिने अभियानलाई ...

लैङ्गिक हिंसाविरुद्धको अभियान ३६५ दिन नै अगाडि बढ्ने प्रण

img

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन आज १० डिसेम्बरमा सदरमुकाम धुञ्चेमा सम्पन्न भएको ...

राप्तीमा लैगिंक हिंसा बिरूद्ध वडा स्तरीय समिति गठन

img

पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ को आयोजनामा लैगिंक हिंसा बिरूद्ध ...

स्थानीय सरकारमा आमसञ्चार विषयक गोष्ठी सम्पन्न

img

स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । बुधबार ...

नौकुण्डमा लैङ्गिक हिंसाविरुद्धको अभियान

img

१६ दिने लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको कार्यक्रम गर्दा नौकुण्ड गाउँपालिकाभित्र बालविवाह, ...

बहुविवाह र जारी प्रथा अन्त्य गर्ने हाकुबासीको प्रण

img

“लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारालाई सार्थक पार्न रसुवाको ...

पत्रपत्रिका

सबै