बलात्कारीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा धर्ना

| सिरहा

सिरहाको सुखिपुर नगरपालिकामा भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारवाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय पतारीमा धर्ना दिएका छन् । घटनाको दुईसाता बितिसक्दा पनि प्रहरीले दोषी पहिचान गर्न नसक्ने र पक्राउ गरेकालाई पनि कार्वाही गर्ने नसकेको भन्दै आक्रोशित स्थानीय र अधिकारकर्मीको समूहले इलाका प्रहरी कार्यालय अगाडी धर्ना दिएका हुन् ।

गाउँमा छठको उपलक्ष्यमा सडक नाटक (ड्रामा) भइरहेको बेला गत कात्तिक २७ गते राती घरमै सुतिरहेको अवस्थामा स्थानीय समशुल मिया, इसराफूल मियाँ, छिमेकी गाउँ जगतपुरका सलामद मियाँ र जाकिर मियाँले गाउँकै ३५ वर्षीय महिलामाथि सामुहिक बलात्कार भएको प्रहरीले सार्वजनिक गरिएको थियो । मुखमा कालोपट्टि बाँधेर आएका उनीहरुले महिलालाई निर्घात कुटपीट गरी बेहोस पारेर पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरमा साना दुई नानीहरु मात्र भएको र नाटकका साउण्डले वरपर बोलेको पनि नसुन्ने मौका छोपेर उनीहरुले महिलामाथि करणी गरेका बताएको छ ।

महिलाका श्रीमान् वैदेशिक रोजगारीको लागि कतारमा छन् । घटनामा महिलाले प्रतिकार गर्दा हातमा टोकेको दाँतको चिनो र घाउका आधारमा दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । बलात्कारमा संलग्नमध्ये समशुल मियाँ र इसराफूल मियाँ नियन्त्रणमा लिएपनि दुईजना अझै फरार छन् । नियन्त्रणमा लिएका दुई जनालाई अहिलेसम्म केही कार्वाही गरेको छैन ।

इलाका प्रहरी कार्यालय पतारीका प्रमुख प्रहरी निरीक्षक भुषण यादवले अपराधमा संलग्न २ जनालाई नियन्त्रणमा लिएको र बाँकी २ जनाको पनि खोजी भइरहेको बताए । यता गाउँलेहरुले भने प्रहरीले अपराधी खोजीमा चासो नदेखाएको गुनासो गरेका छन् । त्यस्तै यता अधिकारकर्मीहरुले घटनाको मुद्दालाई फाष्ट ट्रयाकबाट निर्णय लिनुपर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सिंहदरवारको अनुभुति गराउन राक्सिराङको घरदैलो सेवा

img

सरकारको अनुभूति दिलाउन मकवानपुरको राक्सिराङ गाउँपालिकाले घरदैलोमा नै पुगेर सेवा दिने अभियानलाई ...

लैङ्गिक हिंसाविरुद्धको अभियान ३६५ दिन नै अगाडि बढ्ने प्रण

img

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सार्थक बनाउन आज १० डिसेम्बरमा सदरमुकाम धुञ्चेमा सम्पन्न भएको ...

राप्तीमा लैगिंक हिंसा बिरूद्ध वडा स्तरीय समिति गठन

img

पूर्वी चितवन राप्ती नगरपालिका वडा नं ७ को आयोजनामा लैगिंक हिंसा बिरूद्ध ...

स्थानीय सरकारमा आमसञ्चार विषयक गोष्ठी सम्पन्न

img

स्थानीय सरकारका सवालमा आमसञ्चार विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । बुधबार ...

नौकुण्डमा लैङ्गिक हिंसाविरुद्धको अभियान

img

१६ दिने लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियानको कार्यक्रम गर्दा नौकुण्ड गाउँपालिकाभित्र बालविवाह, ...

बहुविवाह र जारी प्रथा अन्त्य गर्ने हाकुबासीको प्रण

img

“लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार” भन्ने नारालाई सार्थक पार्न रसुवाको ...

पत्रपत्रिका

सबै