दाम्लोमा बाँधिएर राखेका सुवासलाई काठमाडौं लग्यो, उपचार गरि शिक्षा दिने

| दोलखा, शैलुङ

शैलुङ्गेश्वरका ८ वर्षदेखि दाम्लोमा बाँधिएर राखिएको सुवास तामाङको (सुब्बा ) उद्धार गरिएको छ ।

साथीभाइसँग खेल्ने र विद्यालय जाने उमेरमा दोलखाको शैलुङ गाउँपालिका- ८ शैलुङ्गेश्वर चिलाउने खर्कका शारीरिक अपाङ्गता भएका तामाङ भने `आफ्नै घरका खोरमा ८ वर्षदेखि दाम्लोमा बाँधिएर´ भन्ने सामाचार प्रकाशन भए पश्चत बिहीबार सुवासलाई उद्धार गरिएको हो । गत कात्तिक १२ गते दोलखाबाट पत्रकार तारादेवी बस्नेतले शैलुङ्गेश्वरका सुवास ८ वर्षदेखि दाम्लोमा भन्ने सामाचार प्रकाशन भएपछि उपचार तथा हेरचाहका लागि माउन्टेन चाइल्ड आर. एन.सी.यु.एस ए. मार्फत नेपाल कल्याणकारी अपांग संघ काठमाडौंलाई शैलुङ गाउँपालिकाको रोहवरमा पत्रकार बस्नेतको सहभागीतामा बिहीबार तामाङलाई काठमाण्डौँ लगिएको हो । दुवै पक्षले बच्चा सुरक्षीत राख्ने, पहिलो पक्षयी नेपाल कल्याणकारी अपांग संघ काठमाडौंले दोस्रो पक्षयको बच्चालाई शिक्षा स्वास्थ्य र अन्य सहयोग गर्ने, पहिलो पक्षयी तामाङको परिवारले समय–समयमा भेट्न पाउने र आवश्यक हेरचाह गर्ने, दोस्रो पक्षले बच्चाको बौद्धिक, शारीरिक, शिक्षा तथा अन्य सुधारका लागि सक्दो सहयोग गर्ने लगायतको ५ सहमति समेत भएको छ ।

तामाङको उद्धारका लागि नेपाल कल्याणकारी अपांग संघ काठमाडौँका विनिता भण्डारी, सचिव सचि श्रेष्ठ, माउन्टेन चाइल्ड आर.एन.सी.यु.एस.ए.का सर्मीला मानन्धर शैलुङ गाउँपालिकामा आएका थिए । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल, उपाध्यक्ष लालमाया योञ्जन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश विश्वाकर्मा, पत्रकार तारादेवी बस्नेत, सुवासकाआमा शान्तिमाया तामाङ, बुबा लामसिंङ तामाङ लगायतको सहभागीता जिम्मा लगाएका थिए । 

शारीरिक रुपमा अपाङ्गता भएका उनी घर नजिकै बाख्रा बाँध्नका लागि बनाएको जस्ताको खोरमा बाँधिएर बस्न बाध्य भएका थिए । २०६२ साल जेष्ठ ७ गते जेठो छोराको रुपमा जन्मेको सुवास २०६६ सालमा एक्कासी विरामी भई अहिले कुनै पनि अङ्ग नचाल्ने भएपछि दाम्लोमा बाँधिएर राखिएको उनका बुवाआमा बताउँछन् ।

प्रतिकृया दिनुहोस्

उद्योग व्यापार संघमा महासचिवबाहेक प्यानल विजयी

img

सिरहाको गोलबजार उद्योग व्यापार संघमा महासचिव बाहेक भरत अग्रवालको प्यानल नै विजयी ...

निजगढको सडकमा लोड सवारीसाधन प्रवेशमा रोक 

img

निजगढ बजार क्षेत्रको भित्रि सडकहरुमा भारी सामान लोड गरिएका सवारीसाधन प्रवेशमा रोक ...

राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न, १२ बुँदे घोषणापत्र पारित

img

बौद्ध दर्शनको प्रवद्र्धन र संस्कृति जोगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ...

रूपान्तरणका लागि कविता 

img

लेखक तथा समालोचक डा. हेमनाथ पौडेलले प्रगतिशील लेखक संघ साझा मन्च भएकाले ...

१२  वर्षीया बालिका उपचार अभावमा ओछ्यानमै

img

शरीरभन्दा टाउको अस्वाभाविक रूपमा ठूलो भएपछि सिरहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका १४ बिहीबारेकी ...

मृगौला पीडित तामाङलाई आर्थिक सहयोग हस्तान्तरण 

img

श्रद्धेय धर्म गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको प्रमुख आथिथ्यमा समाजसेवी एच के ...

पत्रपत्रिका

सबै