दुतिको पहिरो (फोटोफिचर)
-front.jpeg)
माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, सिमसिम पानी पर्दा पनि जमिन बग्न सुरु हुन्छ । यो दुतिको पहिरो हो । जुन काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं. २मा अवस्थित छ । कमेरो माटो भएकाले सानै पानी पर्दा पनि बग्न सुरु गर्छ ।
पहिरोको वरिपरि नेवार समुदायको बाक्लो बस्ती छन् । पहिरो जाने स्थानमा रहेको कति बस्ती विस्थापित भइसकेका छन् । कति मानिस बगाए, कति गाईबस्तु बगाए, स्थानीय मेघनारायण प्रधानले बताए ।
झन्डै २ किलोमीटर लामो क्षेत्रसम्म पहिरो गइसकेको छ । केही स्थान उजाड मरुभूमिसरह भएको छ, केहीमा घाँस, बिरुवा उम्रेर झाडी भएको छ । केहीमा चाहिं अलिअलि खेतीपाती पनि गरिरहेका छन् ।
७ दशक अघिबाट पहिरो जान सुरु भएको स्थानीय बृद्धहरू बताउँछन् । पहिरो जानुको कारण भने थाहा नभएको उनीहरू बताउँछन् ।