‘म सुध्रन्छु र हामी सुध्रन्छौँ ’भन्ने पक्षमा पाँचथरका महिला अधिकारकर्मी

| पाँचथर

पाँचथरका महिला अधिकारकर्मीहरू लैङ्गिक हिंसा न्यूनिकरण चेतना फैलाउन शहरमा हैन गाउँगाउँसम्म पुग्नुपर्ने पक्षमा उभिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ पाँचथरको आयोजनामा भएको कार्य क्षेत्रमा हुने लैङ्गिक हिंसाको अन्त्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरुले यस्तो पक्ष लिएका हुन् ।

२५ नोभेम्बरदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आज विभिन्न महिला अधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायतका सरोकारवालाहरुलाई भेला गरार्इ अन्तरक्रिया गरेको थियो । सो कार्यक्रममा हिंसा न्यूनिकरणका लागि अब समाज परिवर्तनभन्दा पनि आफूभित्र रहेको सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । समजामा हिंसाजन्य घटनाहरू अन्य कतै नभई घरभित्रकै सदस्यहरूबीच हुने गरेको भन्दै सकारात्मक सोच निर्माण गर्नका ‘म सुध्रन्छु र हामी सुद्रन्छौँ ’ भन्ने कुरालाई मनन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि फिदिम नगरपालिका उपप्रमुख उर्मिला श्रेष्ठ, इलाम फेकोफनका केन्द्रीय अध्यक्ष ध्रुब श्रेष्ठ, अनेमसंघ उपाध्यक्ष मुना नेम्बाङ, एकल महिला संघका अध्यक्ष खिनादेवी चापागाइँ, प्रहरी महिला सेल प्रमुख देउकुमारी भट्टराई, सञ्चारिका समूह पाँचथरका अध्यक्ष लागायतको सहभागिता रहेको थियो ।

महासंघका अध्यक्ष देवीप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सानु थापा मगरले गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

राजधानी गोदावरीमा उपयुक्तः प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको राजधानी उपयूक्त ठाउँ तोकिएको बताएका  छन् । ...

गोसाइकुण्डको दिर्घकालीन लैङ्गिक निति

img

गोसाइकुण्ड गाउँपालिकाले दीर्घकालीन निति अनुरुप लैङ्गिक समानतालाई जोड दिई काम अगाडि बढाइरहेको ...

महासंघमा पोखरेल

img

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार ...

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न 

img

पाेखरामा ल्हाेछार सांस्कृतिक समाराेह सम्पन्न भएकाे छ । २८५५ फाग ल्हो को अवसरमा ...

संघीयता स्थापित गर्न सफल : प्रदेश सरकार

img

सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा संविधान कार्यान्वयन र संघीयता स्थापित गर्नमा सफल ...

पुर्वेली समाज चितवनले पुर्णता पायो

img

पुर्वेली समाज चितवनको सनिवार भरतपुरमा बसेको बैठकले कार्यसमतिलाई पुर्णता दिएको छ । ...

पत्रपत्रिका

सबै