फाल्गुनन्द गोल्डकप पुष २१ देखि

| पाँचथर
गतवर्षको तस्विर

पाँचथरमा विगत दशवर्षदेखि खेलाइँदै आएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता आउँदो पुष २१ देखी सन्चालन हुने भएको छ ।जिल्लाकै बहुप्रतिष्ठित मानिएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करण यषवर्ष पनि आगामी पुष २१ देखि हुने भएको हो ।

बुधबार फिदिममा पत्रकार सम्मेलन गरी पुष २१ देखी सुरु भएर ३० गते सम्पन्न हुने भएको छ । प्रतियोगिता फिदिम माविको खेलमैदानमा सञ्चालन हुने भएको छ । योभन्दा पहिले फिदिम स्पोर्टिङ क्लवले आयोजना गर्दै आएको प्रतियोगिता यसपालीदेखी पाँचथर जिल्ला फुटवल संघसँग संयुक्त रुपमा आयोजना गरिने बताइएको छ ।

यसवर्षको प्रतियोगितामा पुरस्कार राशी समेत बढाएर बिजेतलाई ४ लाख र उपबिजेतालाई २ लाख पुर्याइएको छ । यससँगै सबै बिधाका उत्कृष्ठलाई पुरस्कृत गरिने र प्रतियोगिताको सर्वोकृष्ठ खेलाडीलाई एउटा मोटरसाइकल र लाइभ टाइम एचिभ्मेन्ट अवार्ड समेत प्रदान गरिने फिदिम स्पोर्टिङ क्लवका अध्यक्ष बिमलकुमार श्रेष्ठले बताए ।

दशौं संस्करणको प्रतियोगिता सम्पन्न गर्न ५२ लाख ७२ हजार ५८० रुपैंयाँ खर्च हुने आयोजकको अनुमान छ । फाल्गुनन्द गोल्डकपको फिदिम स्पोर्टिङ क्लवसँगै हिमायन शेर्पा क्लव, सशस्त्र प्रहरीको एपिएफ, त्रिभूवन आर्मी क्लव, डिभाइन ब्वाइज युनियन क्लब, जावलाखेल युथ क्लव, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिं सोनाम मेमोरियल फुटवल क्लव ताप्लेजुङ सहभागी गराउनका लागि कुरा गरिरहेको फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङले बताए ।

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सम्झनामा आयोजना गरिदै आएको प्रतियोगितामा रुस्लान मूख्य प्रायोजक रहेको छ ।

प्रतिकृया दिनुहोस्

भेट्रान्स बास्केटबलको उपाधीे ठमेल यूनाइटेडले जित्यो

img

कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा पोखरा महानगर पालिकाद्वारा संरक्षित “तेश्रो कुँवर ...

गोकर्णेश्वर टिम च्याम्पियन

img

नेपालको गोकर्णेश्वर डोजो ११ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम ...

शुभम र वितिषा स्याङतान उत्कृष्ट खेलाडी

img

गोदावरी ओपन तेश्रो राष्ट्रिय वादो कराते च्याम्पियनसीप कराते प्रतियोगितामा पुरुषतर्फ गोदावरी डोजोका ...

भानुभक्त सेमिफाइनलमा

img

आयोजक भानुभक्त मेमोरियल स्कुल तेश्रो भानु विन्टर कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ ...

स्नुकरमा सहभागिता

img

नेपाली स्नुकर खेलाडीले भारतको कर्साङमा हुने स्नुकर च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छन् ...

मल्पी र एस फाइनलमा

img

डिफेन्डिङ च्याम्पियन मल्पी र आयोजक एस आठौं एस कप अन्तर ए लेभल ...

पत्रपत्रिका

सबै