छातेढुङ्गाका किसान खुसी

| पाँचथर

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै झलझली छ । तमोर पारी सिंगापुर बजारमा ६ घण्टाको उकाली ओराली पार गरेर नून चामल बोकी ल्याउँदा अनि आफूले फलाएको अन्न बेच्न जाँदाको विगत सम्झन्छन् । भाल्टाङ भुल्टुङ छोराछारी साना सानै थिए । आफ्नो पाखो,बारीमा खेती लगाइन्थ्यो मंसिर लागेपछि दाल,मस्याम त १०/१२ मन थन्क्याइन्थ्यो । तर बेच्नु पर्दा बजार टाढा जानु पर्थ्यो,विगतलाई सम्झँदै तामाङ भलाकुसारी गर्छन् । यातायातको सुविधा आएपछि दाल मस्याम टिप्न नपाइ पेच्की लिएर व्यापारीहरू आउँदा धन प्रसाद अचम्मै पर्छन् । गत साल ५ क्वीन्टल बेचेका उनले यसपाली पनि ४ क्वीन्टेल मस्याम मात्र बेचेको बताए ।

३ वर्ष पहिलेसम्म धनप्रसाद जस्तै आठराई तेह्रथुमको छातेढुङ्गा, टुडीखेल, अर्चले, माझीगाउँ, होडा, तिनसल्ले लगायत ठाउँका किसानहरू आफूले फलाएका अन्न बेच्न पाँचथरको फिदिम,भालुचोक, सिंगापुर बजारसम्म पुग्नपर्थ्यो । वर्षभरी खेतीको काम गर्यो, मंसिरमा अन्न थन्क्याएपछि पैसा साँट्न गाउँका सबै भारी बोक्नेको लर्को लागेर जान्थे । तर अहिले गाउँ गाउँमा यातायातको सुविधा पुगेपछि त्यो दुःख घटेको छ । यातायातको सुविधा पुगेसँगै आम्दानी मुख्य स्रोत नै खेतीपाती भएका किसानहरुलाई किनबेच गर्न सहज भएको छ । दाल, मस्याम,कोदो बेचेर घरव्यवहार आएका किसानहरू अहिले घर घरबाटै व्यापारीलाई बेच्न पाउँदा दङ्ग छन् । यति बेला छातेढुङगा,इवा लगायत गाउँमा उत्पादित दाल, मस्याम, गहत, टमाटर, अदुवा, अम्लिसोबाट राम्रो आम्दानी हुन थालेको छ ।

पहिले यातायातको सुविधा नहुँदा उत्पादित अन्नबाली त्यसै खाको खायो बचेको वर्षौ राख्दै आएका थिए । अहिले मस्यामको मूल्य प्रतिकेजी ८५ रुपैयाँ छ । छातेढुङ्गाका खुद्रा व्यापारीहरुले गत साल १८ पिकअपसम्म उठाएका थिए भने यसपाली पनि १५/१६ पिकअप उठाउने अनुमान लगाइएको सोही ठाउँका व्यापारी धनबहादुर योञ्जनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै