रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त भयो : श्रम मन्त्री विष्ट

| काठमाडौं

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताएको छ । नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उनले नेपाली श्रम र सीपलाई बढाउंँदै लैजान योजना सहयोगी बन्ने विश्वास गरे ।

मंगलबार सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बिष्टले सरकारले लाखौं श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउंँन योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको बताए । `योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन्´, मन्त्री बिष्टले भने `उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले अबदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ ।´ `निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।´

कसरी जम्मा हुन्छ ?

निवृत्तिभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १ सय ८० महीना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ । रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । सरकारले कार्यक्रमको घोषणा हुने दिनलाई सामाजिक सुरक्षा दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

पाँचथरमा पनि आज ६९ औं प्रजातन्त्र दिवस

img

६९ औं प्रजातन्त्र दिवस पाँचथरमा पनि विविध कार्यक्रम गरी मनाइएको छ । ...

सम्झना र सम्मानमा प्रजातन्त्र दिवस : प्रधानमन्त्री ओली

img

प्रधानमन्त्री केपी शर्मा ओलीले आज गौरवमय दिनको सम्झना र सम्मानमा हामीले हरेक ...

शाहीको आमसभा राजा अाउने घोषणा

दरबार निकट संघ, संस्थाहरु पछिल्लो समय बिभिन्न गतिविधिहरुमा सक्रिय हुन थालेका छन् । यसै क्रममा शनिबार शाही युवा शक्ति नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा ललितपुर, लगनखेल बसपार्कमा बृहत आमसभा ...

सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन : प्रवक्ता शर्मा

img

पशुपति शर्माको गीत लुट्न सके लुट...ले बालुवाटार हल्लिदा एकाएक गीत हटाउन बाध्य ...

प्रधानमन्त्रीको वाक्य हास्यास्पद : गगन थापा

img

नेपाली कांग्रेसका युवानेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिन ...

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने

img

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । तीन ...

पत्रपत्रिका

सबै