बाटो

| काठमाडौं | गजल/हाइकु...

मन्त्रीहरुको चिप्लो गाडी दिनकै सरर गुड्ने

हामी जनता चाहिँ घन्टौंसम्म बस कुर्नु पर्ने

जताततै खाल्डो बाटो हिड्नुपर्ने

घन्टौ घण्टा जाममा फस्नु पर्ने

अनुमान लगाउनुहोस त, सरकार महोदयहरु

कसरी बांँच्न सक्छ सर्बसाधारण जनताहरुको जिन्दगानी

युवा जति सबै बिदेश पलायन हुने

नेता जति बैठक बसी भत्ता मात्र खाने

सांसदको बैठक बस्यो निचोड चाहिँ सुन्न्य

कहिले होला, जनतालाई उन्नती र सुख शान्ति मिल्ने

बैठक बसी भत्ता मात्र खायो काम चाहिँ जिरो

मात्र भाषण नारा जुलुस नेता बन्छन हिरो

नजाउन युवा , बिदेश देशै सुन्य पारी यहीं रोप सीप जाँगर पाउनेछौ धन सम्पत्ति भारी

युवा तिम्रो बल बुद्धि यही देशलाई खाँचो

सम्झ युवा तिम्रै हातमा बिकासको साँचो

युवाहरुको आवास मिलाइदिने नेताहरुको काम

देशको लागि मरिमेट्ने युवाहरुनै असल पुत्र ठान

मन्त्रीज्युहरुले कहिले लिने होसचेत युवाहरुको

जिम्माबाटो घाटो, जाम, प्रदुषण रहित सुन्दर शान्त नेपालको परिकल्पना

हामी युवाहरु गाउँ-गाउँ बस्ती बाट उठौँ

पक्कै केहित हुन्छ होला सबै जना जुटौं

आफ्नो आफ्नो ज्ञान सिप जाँगर सबले झिकौ

आत्म निर्भर स्वाबलम्बी बन्ने सुत्र सिकौं ।

प्रतिकृया दिनुहोस्

फलामसिंहदेखि फाल्गुनन्द

img

मद–मांसमा उहिलेदेखि नै कहलिएको जाति हो, लिम्बू । यो परम्पराले लिम्बू समाजलाई ...

‘अखण्ड आलाप’ भाषिक सिन्डिकेड तोड्ने कविता संग्रह

img

पहिले पहिले हामीले कविता लेख्न आरम्भ गर्दा भाषा, शिल्प र शैलीका कुरा ...

बलात्कारी

कसैको अनैतिक गर्भ बोकेर  त्रिशूलीमा फाल हानिन्  फूलमाया विक सरकारले गिरफ्तार गर्यो मंगलेलाई  मंगलेले रुँदै भन्यो–  ‘सरखार !  म त गोठालो मान्छे  उनकै लागि प्रेमपत्र बोकेर  पर्खिरहेछु वर्षौदेखि ।’ सरकारले घेरा हाल्यो गाउँलाई  गाउँले एक स्वरले बयान दियोे– ‘हजुर !  फूलमाया कलाकार ...

फापारे गीतको महत्व

img

यतिखेर हाम्रो तामाङ समाजमा फापारे गीत अरु भन्दा हल्का गीतको रुपमा लिइदैछ ...

गजल

यो कसलाई तिमीले साथ लिएर आयौ ? उसै अँध्यारो छ, फेरी रात लिएर आयौ । माटो छ प्यारो सबैलाई ज्यान छ प्यारो कठै ! मान्छे मारेको प्रभात लिएर आयौ । बुद्ध जन्मेको देश, तिम्रो ...

गुरुजी

img

तीन पाथी मकैको भारीजत्रो ब्याग भिरेर विद्यार्थी भाइ अब चढ्ने छ मेरो मोटर र भन्ने ...

पत्रपत्रिका

सबै