एनसीसी कोरियाको २५ बर्ष, स्मारिका बिमोचन

रजत जयन्ती भब्य रुपमा मनायो

| दक्षिण कोरिया
तस्वीर : अमिर योञ्जन

दक्षिण कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले स्थापना भएको २५ बर्ष पूरा भएको अवसरमा रजत जयन्ती मनाएको छ ।

आइतबार सउलमा एक बृहत कार्यक्रम गरि मनाएको हो । जयन्तीको अवसरमा संस्थाले प्रकाशन गरेको `नेपाली सन्देश´ स्मारिका बिमोचन गरेको थियो । वर्तमान अध्यक्ष अन्जु केसीको सभापतित्वमा भएको कार्यक्रममा सस्थाको तेस्रो अध्यक्ष निरज थापा प्रमुख अतिथी थियो ।

संस्थाले २५ बर्ष पूरा भएको अवसरमा प्रमुख अतिथीलगायत अन्य अतिथिहरुले सामुहिक रुपमा २५ वटा दिप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेको थियो । नेपालबाट कार्यक्रममा प्रतिनिधि भएर आइपुगेका कृष्ण प्रसाद अधिकारीले सस्थाको प्रगति बारेको कविता वाचन गरेका थिए ।

कार्यक्रममा कोरियामा सामाजिक क्षेत्रमा सक्रिय विभिन्न संघ सस्थाका प्रतिनिधि, मिडियाका प्रतिनिधि लगायत एनसीसी स्थापना कालदेखि विभिन्न महत्त्वपूर्ण भूमिका निभाउदै आएका व्यक्तिहरुलाई सम्मान-पत्रले सम्मान गरियो ।

कार्यक्रममा अन्य अतिथिहरु लेडिया बेको (कोरिएन दिदी), एनआरएन अध्यक्ष लक्ष्मी गुरुङ, एनसिसि प्यासिफिक संयोजक बिनोद कुंवर, पूर्वअध्यक्ष रामहरी गुरुङ, एनसिसि संरक्षक लोचन राई, एमटियु अध्यक्ष उदय राई, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष किसन गौतम, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, जातीय संघ-संस्थाका प्रतिनिधिहरु, क्षेत्रीय संस्थाका प्रतिनिधिहरु, लगायत विभिन्न समाजसेवीहरु उपस्थिति थियो ।

एनसीसी यहाँ सन् १९९३ मा माधव न्यौपानेको अध्यक्षतामा स्थापना भएको हो । संस्था स्थापना भइसकेपछि रोजगारमा रहेका नेपालीहरुको हकहितका लागि सामाजिक काम गर्दै आइरहेको छ । यहाँ नेपाली दूतावास नभएको बेला एनसीसीले जापानमा रहेको नेपाली दूतावाससंग समन्वय गरेर प्रशासनिक कार्यमा सहयोग गरिरहेको थियो । a पछिल्लो समय संस्थाले विभिन्न ऐतिहासिक सामाजिक कामहरु गर्दै आइरहेको छ । अहिले एनसीसी क्षेत्रीय संघ-संस्थाका छाता संगठन रुपमा काम गर्दै आइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

अरबमा उभौली मनाउने तयारी

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइने ...

साउदीमा उभौली साकेला मनाउने

img

रोजगारीको सिलसिलामा साउदी आईपुगेका किराँत राई समुदायले उभौली सिली (यले दोङ) ५०७९ ...

पत्रपत्रिका

सबै