‘राज्यले उचित सम्मान गरे हाँसीहाँसी मर्ने थियौं’ : श्यामकुमार तामाङ

| काठमाडौं

जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालले वर्तमान सरकारले २००७ सालमा प्रजातन्त्रको लागि लडेका र उक्त आन्दोलनमा वीरगति प्राप्त गरेका मुक्ति सेनाहरुलाई शहीद घोषणा गर्न माग गरेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो माग गरेको हो । आन्दोलनमा सरिक भएका र जीवित मुक्ति सेनालाई वर्तमान सरकारले यथाशक्य चाँडो राष्ट्रिय सम्मान गर्नुपर्ने पनि माग गरिएको छ ।

कार्यक्रममा बोल्दै उक्त आन्दोलनका जीवित मुक्ति सेना कमाण्डर श्यामकुमार तामाङले आफूहरुलाई राज्यले उपेक्षा गरेको गुनासो पोखे ।

उनले भने,‘नेपाली कांग्रेसले पनि धेरैपटक सरकारको नेतृत्व गर्दै आइरहेको छ, तर उसले पनि हाम्रा जायज मागहरू अहिलेसम्म पूरा गरेन । कांग्रेसले हामीलाई खोलो तर्यो, लौरो बिर्सिएजस्तै गर्यो । यो अत्यन्तै दुःखदायी कुरा हो । ७० वर्षसम्मपनि राज्यबाट हाम्रा मागहरुका बारेमा कुनै सुनुवाई भएन । अब पनि सुनुवाई भएन भने हामी निकै दुःखी हुनेछौं ।’

यसअघिका सरकारले आफूहरुको मागका बारेमा कुनै सुनुवाई नगरेपनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भने सुनुवाई गरिदिन्छ कि भन्ने झिनो आशा पलाएको उनले विश्वास व्यक्त गरे ।

जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालकी उपाध्यक्ष एव म मुक्ति सेनाका कमाण्डर नारदमणि थुलुङकी छोरी सुधा थुलुङको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कमाण्डर तामाङले थपे,‘वर्तमान प्रधानमन्त्री ओली नेतृत्वको सरकारले हाम्रा माग पूरा गर्नुपर्छ । म यही मञ्चबाट जोडदार माग गर्दछु कि अब ढिला नगरी हामीलाई राज्यले सम्मान गरोस् । म अहिले ९० वर्षको भएँ । मसँगै लडेका दुई चार जना साथीहरू अहिलेपनि जीवितै हुनुहुन्छ । हामी जीवित कमाण्डरहरुको मृत्यु अगावै राज्यले हामीलाई उचित सम्मान गरे हामी खुशी–खुशी मर्ने थियौं ।’

कार्यक्रममा जनमुक्ति सेना कल्याण संघ–२००७ नेपालका सल्लाहकार मणि लामाले प्रेस विज्ञप्ति वाचन गरेर सुनाएका थिए भने कार्यक्रमको सञ्चालन निष्णु थिङले गरेका थिए ।

नेपाली कांग्रेस र जनमुक्ति सेनाबीच भएका अन्य सहमतिहरू २००७ फागुन ४ गते कमलपोखरी–काठमाडौंस्थित् सरकार पक्षीय प्रतिनिधिसँग थिरबम मल्लको घरमा भएको सहमति अहिलेसम्म कार्यान्वयन नभएकोमा जनमुक्ति सेना कल्याण संघ २००७ नेपालले गम्भिर असन्तुष्टिसमेत प्रकट गरेको छ ।

प्रतिकृया दिनुहोस्

रसुवाबासी चिन्तित

img

रसुवामा बाँदरले बालीनाली नोक्सान गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।  दक्षिणी रसुवाका ...

३ किलो चरेश सहित पक्राउ

img

धादिङवाट काठमाडौ आउदै गरेको वा २ ख २९४७ नम्बरको यात्रुबाहक बसबाट प्रहरीले ३ ...

मदिरा बनाउने सामाग्री बरामद

img

काठमाडौं महानगरपालिका वडा नं. ६ स्थित नागेश्वर गल्लीबाट अवैध घरेलु मदिरा बनाउने ...

खैरो हिरोईन सहित एक पक्राउ

img

काठमाडौंं महानगरपालिका महाबौद्धबाट लागूऔषध खैरोहिरोईन सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय ...

विद्यालय आँगनमै तर विद्यार्थी सदरमुकाम धाउदै

img

गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ भिमली आधारभुत विद्यालय घरको आँगनमा भएपनि सदरमुकाम धाउन ...

पर्यटन बर्ष घोषणा गरिने

img

गोसाइकुण्ड गाउँपालिकाले सन् २०१९ लाई गोसाइकुण्ड लाङटाङ पर्यटन वर्ष घोषणा गर्ने भएको ...

पत्रपत्रिका

सबै