अन्तर्राष्ट्रिय करातेमा नेपाललार्इ ९ पदक 

| अाबुधावी

युएईको आबुधावीमा भएको एकदिने वीनर कप अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगितामा नेपालले दोस्रो स्थान हात पारेको छ ।

आबुधावीको अलज जिरा क्लबमा डिसेम्बर २४ शुक्रबार भएको ४ तौल समूहका नेपाली खेलाडीले पदक दिलाएका हुन् । नेपालले ३ स्वर्ण, ३ रजत र ३ कांस्य पदकसहित कुल ९ पदक जितेर दोस्रो हुन सफल भएको हो । उक्त प्रतियोगितामा नेपालकोतर्फबाट अफिसियल दिपराज नेयोङहाङ, विष्णु भण्डारी,टिम कोच राजु तामाङ र टिम म्यानेजर राजेश लामाको उपस्थित रहेको थियो ।

५० केजी तौल समूहमा भारतका सुजित वैताल पहिलो भए भने नेपालका मानवहादुर लिम्बू दोस्रो भए । यसैगरी ५५ केजी तौल समूहमा लक्ष्मण थापा मगरले पहिलो स्थान र उत्तम गुरुङले दोस्रो स्थान हासिल गरे ।

साथै ७५ केजी तौल समूहमा शेखर श्रेष्ठले फिलिपिन्सका रनिल डिलुनालाई पछि पार्दै पहिलो स्थान हात पारे भने कातातर्फ रामु सुनुवारले दोस्रो स्थान हात पारे ।

भारत, मोरोक्को, हंगेरी, फिलिपिन्स, ओमन र युएईका टिमको सहभागिता रहेको सो प्रतियोगितामा विजेता खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

कराते खेलाडी उज्वललाई तेस्रो गिनिज वर्ल्ड रेकर्ड

img

डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्वल ठकुरीलाई तेस्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको ...

सिरहामा जारी टि ट्वान्टी  क्रिकेटमा प्यारागन र लोटस विजयी

img

सिरहाको लहानमा जारी अन्तर स्कुल टि ट्वान्टी  क्रिकेट प्रतियोगिता भएको दुई खेलमा ...

फाल्गुनन्द गोल्डकप पुष २१ देखि

img

पाँचथरमा विगत दशवर्षदेखि खेलाइँदै आएको फाल्गुनन्द गोल्डकप प्रतियोगिता आउँदो पुष २१ देखी ...

एसिया प्यासिफिक करांँते खेलमा नेपाललाई २ स्वर्ण र ३ कास्य

img

इन्डोनेसियाको राजधानी जकार्तामा सम्पन्न एसिया प्यासिफिक सितोरियो कराँते प्रतियोगितामा नेपालले ५ पदक ...

व्वाईज युवा क्लवलाई ‘प्रथम प्रकाश स्मृति कप’ को उपाधि

img

गत शनिवारबाट दोलखामा सुरु भएको सर्वाधिक राशीको ‘प्रथम प्रकाश स्मृति कप’ को ...

ललितपुर प्युटारमा क्षेत्रीय फुटबल मैदानको काम तिव्र

img

दक्षिण ललितपुरको बागमती गाउँपालिका वडा नं ४ प्युटारको खयरघारीमा निर्माणाधिन खेलकुद मैदानको ...

पत्रपत्रिका

सबै