धनकुटामा एभोकाडो महोत्सव सम्पन्न

| धनकुटा

विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सव धनकुटामा शनिवार सम्पन्न भएको छ ।

धनकुटालाई एभोकाडो राजधानी घोषणा कृषि पर्यटनलाई टेवा दिने उद्देश्यका साथ एक दिने एभोकाडो महोत्सवको आयोजना गरिएको हो ।

धनकुटा नगरपालिकाको आयोजित महोत्सवमा ४७ किसानले आफूले उत्पादन गरेका एभोकाडो स्टलमा प्रर्दशन गरेका थिए । विश्वको दोस्रो र एसियाको पहिलो एभोकाडो महोत्सब भएको दावी गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउदै एभोकाडोको व्यावसायिक खेतीतर्फ लागेका र अन्य किसानलाई आकर्षित र प्रोत्साहित गर्दै यस क्षेत्रको आर्थिक विकासलाई टेवा पुर्याउन सहयोगी बन्ने अपेक्षा रहेको धनकुटा नगरपालिकाले जनाएको छ ।

महोत्सवमा उत्कृष्ट एभोकाडो प्रदर्शन गर्ने किसानलाई पुरस्कृत गरिनुको साथै धनकुटा नगरपालिकाको परिचय मोडमा निर्माण गरिएको एभोकाडोको प्रतिमाको अनाबरण समेत गरिएको थियो ।

महोत्सवको उद्घाटन संघीय सांसदका सदस्य राजेन्द्र राईले गरेका थिए । कार्यक्रममा बोलदै सांसद राईले कृषि क्षेत्रमा अब सरकारले प्रोत्साहन गर्ने बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, निरन राई, लिला सुब्बा, आ सी तुम्वा, कुसुमकुमारी श्रेष्ठ, विना राई,  जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल, शहीदभूमि गाउँपालिका अध्यक्ष मनोज राई लगायतले एभोकाडो महोत्सव धनकुटामा हुनु कृषि क्षेत्रका लागि महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमको सभापतित्व धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कृषिमा उन्नतिको प्रगति

img

उन्नति परियोजनाको अलैची, चिया, अदुवा र दुध डेरि क्षेत्रमा सञ्चालित कार्यक्रमको प्रगति ...

नेपालको जलबिद्युत विकासमा एण्ड्रीजको योगदान

img

जलबिद्युत क्षेत्रका सेवाग्राहीहरुसँग अन्तरक्रिया गर्नका लागि अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले तेस्रो सेवाग्राही ...

पर्यटकीय गन्तव्य स्थल सिम्सुवा नमस्ते झरना

img

धनकुटा जिल्लाको साँगुरिगढी वडा नम्वर ६ मा रहेको सिम्सुवा नमस्ते झरना प्रदेश ...

पाँच महिनामा चार अर्ब राजश्व संकलित

img

चालु आर्थिक वर्षको साउनदेखि मंसिरको दोस्रो सातासम्म भन्सार राजश्व ४ अर्व २८ ...

लिसिम्वु कृषि सहकारीको वार्षिकोत्सव सम्पन्न

img

धकुटाको पाख्रिवास नगपालिका वडा नं ९ लिसिम्वु कृषि सहकारी संस्थाको शनिबार छैठाै वार्षिकोत्सव ...

कार्तिकमा चार हजारले निकुञ्ज भ्रमण गरे

img

पर्यटकीय क्षेत्र हिमाली जिल्ला रसुवामा कार्तिक महिनामा ४ हजार ७ सय ९८ ...

पत्रपत्रिका

सबै