लिसिम्वु कृषि सहकारीको वार्षिकोत्सव सम्पन्न

| धनकुटा

धकुटाको पाख्रिवास नगपालिका वडा नं ९ लिसिम्वु कृषि सहकारी संस्थाको शनिबार छैठाै वार्षिकोत्सव मनाएको छ । 

संस्थाका अध्यक्ष ख्यामराज घिसिङको अध्यक्षता तथा ९ नं वडाध्यक्ष चन्द्रलाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा लेखा समितिका संयोजक वलेन्द्र ठाडा मगरले १० लाख ९२ हजार ९ सय ८ रुपयाँ ७६ पैसा को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

साधारणसभामा संस्थाका अध्यक्ष घिसिङले आगामी दिनमा दुध व्यवसायबाहेक अन्य कृषि उपज संकलन एवं बजारीकरण गर्ने, दुध आपूर्ति वृद्धि भएकोले दुध बिक्रीका लागि नयाँ डेरी उद्योगको सम्भाव्य अध्ययन र योजना थालनी गरिने, शेएर सदस्यका लागि आर्थिक वृद्धी गर्न ऋणको व्यवस्था, दुध ढुवानी गर्न संस्थाको तर्फवाट सवारी साधन खरिद गर्न आवश्यक पूँजीको व्यवस्था गर्ने लगायतका योजना रहेको जानकारी गराए । 

सभालाई सम्बोधन गर्दै वडाध्यक्ष तामाङले सहकारीलाई अघि वढाउनका लागि वडाले विशेष कार्यक्रमको व्यवस्था गर्ने वताए । सहकारीमार्फत नै देशको विकास हुने भएकोले सबै कृषक सहकारीमा आवद्ध हुन जरुरीरहेको बताए । त्यस्तै कार्यक्रमका विशेष अतिथि जिल्ला सहकारी संघका लेखा संयोजक पूण्यप्रसाद खतिवडाले सहकारीको लेखा परीक्षण व्यवस्थित तथा चुस्त दुरुस्त राख्न सुझाव दिए । 

सहकारीको मेरुदण्ड नै लेखा भएकोले समयसमयमा निरिक्षण समेत गर्नुपर्ने र कर्मचारीलाई यस विषयमा तालिम समेत दिनुपर्ने वताए। 

साधारणसभामा पाख्रिवासका पशु शाखा कार्यालयका गोरख वहादुर तामाङ, सहायक कृषि शाखा प्रमुख टेक वहादुर कार्की, अरुण कृषि सहकारी संस्थाका अध्यक्ष गजेन्द्र राना, वाल शिक्षा प्राविका प्रधानाध्यापक झमेली शन्त लगायतकाले मन्तव्य राखेका थिए । 

स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गणेश मस्रांगीले राखेको थियो भने सञ्चालन व्यवस्थापक मजेन्द्र घिसिङले गरेका थिए । 

साधारणसभामा २०६९ देखी २०७५ भदौसम्म ऋण उपसमितिको सचिव पदमा रही संस्थाको विधान अनुसार इमान्दारी पूर्वक कार्य गरेको भन्दै पहलमान घिसिङलाई प्रसंशा पत्र र करुवा दिएर सम्मान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

img

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

पत्रपत्रिका

सबै