व्वाईज युवा क्लवलाई ‘प्रथम प्रकाश स्मृति कप’ को उपाधि

| दोलखा (चरिकोट)

गत शनिवारबाट दोलखामा सुरु भएको सर्वाधिक राशीको ‘प्रथम प्रकाश स्मृति कप’ को उपाधि प्लानिङ व्वाईज युवा क्लव पेप्सीकोला काठमाण्डौंले हात पारेको छ ।

शुक्रबार भएको फाइनल खेलमा जिल्ला फुटबल संघलाई २-१ गोल अन्तरले पराजीत गर्दै पेप्सीकोलाले उपाधी हात पारेको हो ।

चरीकोटको टुँडिखेलमा भएको खेलमा पेप्सीकोलाले दोलखालाई २-१ गोल अन्तरले पराजीत गरेको छ भने हारसँगै घरेलु टिम दोलखाले उपविजेतामा चित्त बुझाउज बाध्य भएको हो । पेप्सीकोलाले प्रतियोगिताको उपाधीसँगै नगद २ लाख ५० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता दोलखाले १ लाख २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । तृतीय हुने दिपशिखा युवा क्लव नैकाप र सशस्त्र प्रहरी बल एपिएफले भने ३०।३० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

त्यसैगरी प्रतियोगितामा प्लानिङ ब्वाईजका विष्णु केसी उत्कृष्ट किपर बनेका छन् भने दोलखाका विवेक बुढाथोकी वेष्ट डिफेन्डर, दोलखाकै हिमाल श्रेष्ठ वेष्ट स्ट्राइकर र दोलखाकै सुजन श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट तथा दिपशिखा युवा क्लव नैकापका दावा शेर्पा हाई स्कोरर घोषित भएका छन् । उनीहरुलाई जनही नगद १०।१० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व. प्रकाश दाहालको स्मृतिमा पुर्नसंगठित नयाँ सामाजिक शैक्षिक अभियान रिनेजम नेपालको आयोजना र दोलखा जिल्ला फुटबल संघको सह-आयोजनामा दोलखामा पहिलो पटक सर्वाधिक राशिको उक्त राष्ट्रिय फुटवल प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताका विजेताहरुलाई आजै एक कार्यक्रमकाबीच स्व. प्रकाशकी श्रीमती एवं खानेपानी तथा सरसफाई मन्त्री विना मगरले पुरस्कार वितरण गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

शनि सेमिफाइलनमा

img

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा ...

जुनियर कराते सुरु  

img

  नेपाल सितोरियो कराते संघ, ठमेल शाखा डोजोको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जुनियर ...

खेलकुद सम्पन्न

img

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता ...

देशभरका खेलाडीहरुको सहभागितामा नुवाकोटमा पहिलोपटक खुल्ला चेस प्रतियोगिता

img

नुवाकोटमा पहिलोपटक ‘प्रथम नुवाकोट खुल्ला फिडे रेपिड रेटिंग चेस प्रतियोगिता’ आयोजना गरिएको ...

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथन

img

गोसाईकुन्ड टु हेलम्बु ट्रेल म्याराथनको तयारी पूरा भएको छ । हेलम्बु ट्रेल ...

पत्रपत्रिका

सबै