बर्षकै पहिलो चौमासिकमा करिब ४ अर्ब राजश्व संकलन

अन्तराष्ट्रिय नाका रसुवागढी हुदै चीनको केरुङबाट आयात हुने सामानको भन्सार बर्षको पहिलो चौमासिकमा ३ अर्ब ७४ करोड ९३ लाख राजश्व संकलन भएको छ ।
रसुवा भन्सार कार्यालयका अनुसार भुकम्पका कारण तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि यही नाकाबाट आयात भइरहेको छ । यस नाकाबाट दैनिक ३ सयको हाराहारीमा कन्टेनर आवतजावत गर्ने गरिन्छ । यस नाकाबाट तयारी कपडा, स्याउ, स्याण्डल, रबर, प्लाष्टिकका जुत्ता, चप्पा, झोला लगायत सबै थरीका सामान आयात भइरहेको छ ।
चीनले अन्तराष्ट्रिय नाका घोषणा गरेसँगै यस नाका हुदै तयारी पोशाक, जुत्ता चप्पल, ज्याकेट लगायतका सामानहरु आयात भइरहेको छ । अहिले सीमा क्षेत्रमा व्यापारी, व्यवसायी र सवारीको चाप पनि बढ्दै गइरहेको छ ।
त्यस्तै नेपालबाट पनि मुर्ति, मेहन्दी, श्रृगारका सामान, चकलेट, गलैचा जस्ता सामानहरु निर्यात भइहरेको छ ।
बर्षातको समयमा करिब डेढ महिना सडक अवरुद्ध भएपछि भन्सालमा कमी आएको थियो । बार्षिक लक्ष अनुरुप ५३.५१ प्रतिशत राजश्व असुली गरिसकेको भन्सार कार्यालयले जनाएको छ ।