हङकङ तामाङ घेदुङको अध्यक्षमा विश्व घिसिङ

| काठमाडौं

हङकङ तामाङ घेदुङले पूर्ण कार्यसमिति पाएको छ । हङकङ घेदुङले ११ जनाको पदाधिकारी सहित पूर्ण कार्यसमिति पाएको हो ।

गत आइतबार याक एन्ड यती रेष्टुरेण्ट, जोर्डन हङकङमा हङकङ तामाङ घेदुङको ११ औं अघिवेशन भएको थियो । उक्त अधिवेशनले अध्यक्षमा विश्व घिसिङलाई मात्र सर्वसम्मत चयन गरेको थियो । प्राविधिक कारणवस उक्त अधिवेसनमा अध्यक्ष बाहेक अन्य पदाधिकारीलाई चयन गर्न नसकिएको हङकङ घेदुङले जनाएको थियो । 

बाँकी कार्यसमिति एक हप्तापछि विस्तार गर्ने योजना अनुसार कार्यसमितिले पूर्णता पाएको अध्यक्ष विश्व घिसिङले जानकारी दिए । 

सोही योजना अनुसार घेदुङको उपाध्यक्ष रमेश मोक्तान, शोभा योन्जन(महिला), महासचिव राज नेगि, सचिव कुमार पाख्रिन, कोषअध्यक्ष दिलिप थिङ, सह–कोषाअध्यक्ष प्रतिमा घिसिङ निर्वाचित भएका छन् । 

कार्यसमितिको सदस्यहरुमा कृष्ण थिङ, निल वाइबा, अनिता तामाङ, कृष्ण वाइबा रहेका छन् । घेदुङको सल्लाकार समितिमा विष्णु स्याङ्बो, प्रताप बम्जन, रोहित बल,कृस्ण ध्वज दोङ र अनु योन्जन रहेको घेदुङले जनाएको छ । 

घेदुङको प्रमुख संरक्षकमा बिनोद बल रहेका छन् । संरक्षक समितिको सदस्यमा प्रेम लामा, विस्णु पाख्रीन, जङधन थिङ, बाबुराम पाख्रीन, कृष्ण स्याङ्तान र कला तामाङ रहेका छन् ।

अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङले उम्मेदवारी दिएपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

हङकङ तामाङ घेदुङका कार्यबाहक अध्यक्ष युवराज लामाको सभाध्यक्षतामा उक्त अधिवेशन भएको थियो । अधिवेशनमा निर्वाचन मन्डलको संयोजक प्रेम लामा थिए । साथै,निर्वाचन मण्डलमा पाँच जना सदस्य रहेका थिए । 

अध्यक्षभएसँगै घिसिङले हङकङमा विभिन्न पेशा व्यवसाय गर्दै आएका आम तामाङ जातिलाई साझा घर ‘घेदुङ’मा ल्याउने बताएको छ ।

प्रतिकृया दिनुहोस्

कोरियामा बुद्ध जयन्ती

img

कोरियामा रहेका नागार्जुन गुम्बामा नेपालीहरुले २५६३ औं बुद्ध जयन्ती मनाएका छन् । ...

बहराइन घेदुङले बुद्ध जयन्ती मनाउने

img

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनले मे २४ मा बुद्ध जयन्ती मनाउने ...

कुवेत घेदुङले मनायो बुद्ध जयन्ती

img

झट्ट हेर्दा ! नेपालको गुम्बामा पुगेझैं आभाष हुन्छ, जहाँ शान्ति र मधुर स्वरमा ...

बहराइनको बुद्ध जयन्तीमा पूजापाठ र शुभकामना आदानप्रदान

img

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै १७ मे २०१९ शुक्रबार सबै संस्थाहरूको  आयोजनामा ...

अरबमा उभौली मनाउने तयारी

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ मनाइने ...

साउदीमा उभौली साकेला मनाउने

img

रोजगारीको सिलसिलामा साउदी आईपुगेका किराँत राई समुदायले उभौली सिली (यले दोङ) ५०७९ ...

पत्रपत्रिका

सबै