ओपो ए सेवेन प्रवेश, स्वस्तिमाको साथ भव्य ‘चार्ज्ड अप फस्र्ट सेल्स ईभेन्ट’

| काठमाडौं

ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको आधिकारिक रुपमा विक्रि आरम्भ गरेको छ । ओपोको पाको, न्यूरोडस्थित आधिकारिक शोरुम मार्फत बृहत रूपमा फस्र्ट सेल्स कार्यक्रमको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेको छ । भरखरै ओपोको ब्राण्ड फ्रेण्डका रुपमा अनुबन्धित सुपरस्टार नायिका स्वस्तिमा खड्काले कार्यक्रममा आफ्नो उपस्थिति जनाउँदै अग्रिम बुकिङ गर्ने उपभोक्तालाई आफूद्वारा हस्ताक्षरित ए सेवेन हस्तान्तरण गरेकी हुन् ।

बिगर ब्याट्री फोनका रुपमा निकै चर्चा कमाएको प्रिमियम डिजाइन र एआई इनेबल्ड क्यामेरा सहितको ओपो एसेवेनले ए सिरिजको लोकप्रियतालाई नयाँ उचाई प्रदान गर्ने विश्वास गरिएको छ । उद्योगकै पहिलो शक्तिशाली ब्याट्री र मितव्ययी मूल्यका कारण ए सिरिज सार्वजनिक गरिए देखि नै ओपोकै बेष्ट सेलिङ फोनका रुपमा रहँदै आएको छ । एआई २.० सहितको १६ मेगापिक्सेल फ्रण्ट क्यामेरा र ३१ + २ एमपी डुअल रिएर क्यामेरा तथा ४२३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सुसज्जित ओपो एसेवेनले अत्याधुनिक प्रविधि तथा प्राकृतिक देखिने सेल्फी तथा तस्विरकासाथ उपभोक्ताको माया पाउँने विश्वास गरिएको छ । कम्पनीले फोनको मूल्य रु. ३५ हजार ७ सय ९० तोकेको छ ।

प्रमुख आकर्षणहरुः

वाटरड्रप स्क्रिन :

ओपो एफनाइन माझैँ एसेवेनमा पनि ओपोले प्रकृतिसँग प्रेरित, खस्न लागेको पानीको थोपाझैँ देखिने वाटरड्रप स्क्रिनको प्रयोग गरेको छ ।

पानीको थोपाझैँ आकारको यही नोट्चमा १६ एमपी फ्रण्ट क्यामेरा र सेन्सर जडान गरिएको छ । एसेवेनमा कम्पनीले स्क्रिन कोरिनबाट जोगाउने सोचका साथ कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरेको छ ।

डिजाइन :

ओपो एसेवेनमा प्रयोग गरिएका धातु, कारिगढी तथा ब्याक कभरमा समेत फोनलाई कलाको एक नमुनाका रुपमा प्रस्तुत गर्ने हिसावले डिजाइन गरिएको छ ।

एसेवेनमा प्रयोग गरिएको थ्रीडीथर्मल्लि बेन्ट शिटका कारण फोन पातलो, हल्का र बोक्दा आरामदायी छ । फोनमा प्रयोग गरिएको ग्लास झैँ देखिने कभर र यसमा प्रयोग भएको टेक्स्चर र प्याटर्नले फोनलाई थप आकर्षक लुक्स प्रदान गरेको छ । साथै, फोनमा प्रयोग गरिएको मिडल फ्रेम डिजाइनले यसलाई अँझ आकर्षक देखाएको छ । नयाँ फोन कम्पनीले ग्लेरिङ गोल्ड र ग्लेज ब्ल्यू गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ ।

क्यामेरा :

ओपो एसेवेनमा एआई ब्यूटिफिकेशन सहित १३+२ एमपी डुअल रिएर क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, यसमा जडित एफ २.० एपर्चर सहितको फ्रण्ट क्यामेराले अँझ आकर्षक सेल्फी खिच्न सघाउँछ । एसेवेनले वाइड एँगल फ्रण्ट क्यामेराको प्रयोग गर्छ । यसले साँघुरा स्थानमा तस्विर खिच्नु पर्दा सहजताको अनुभव प्रदान गर्छ । ओपो एसेवेनमा कम्पनीले नयाँ फिचरका रुपमा एआर स्टिकर पनि उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई उत्कृष्ट तस्विरका साथै रमाइलो अनुभव प्रदान गर्छ ।

कलरओस ५.२–स्मार्ट एण्ड ईफिसियन्ट एसिस्टेन्ट

ओपोले एसेवेनमा एण्ड्रोइड ८.१मा आधारित कलरओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । यसले सञ्चालन प्रणालीलाई प्रयोगकर्ताका लागि समग्र स्मार्टर अन्तरक्रियात्मक अनुभव प्रदान गर्दै नयाँ आयाम प्रदान गरेको छ ।

यसमा रहेको स्मार्टबारले होराइजोन्टल फुल मल्टिटास्किङका साथै भर्टिकलफुल स्क्रिन मल्टिटास्किङ पनि सपोर्ट गर्छ । फोनको दुवै पट्टि स्लाइड गरी प्रयोगकर्ताले फोनमा रहेको मल्टिटास्किङ फिचर सक्रिय गर्न सक्छन् । फोनमा रहेको स्मार्ट बारले क्विकफाइल शेयरिङ, स्क्रिन रेकर्डिङ, स्क्रिनशट लगायत अन्य विभिन्न सर्टकटहरू चलाउन प्रयोगकर्तालाई सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस्

ओपोको आर १७ प्रो सार्वजनिक गर्ने तयारी

img

चीनमा आर१७ र आर१७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले ...

लाङटाङमा रिपिटर टावरको माग

img

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउन रिपिटर टावर जडान ...

ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि-अर्डर सुरुवातको घोषण

img

सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो ...

ओपो, टेकरेडार मोबाइल च्वाइस कञ्जुमरद्वारा ‘वान टू वाच एवार्ड’बाट सम्मानित

img

स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्ये एक, ओपोलाई लंदनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर ...

ओपोद्वारा ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेन २०१८ को घोषणा

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली महान चाड वडा दशैँ र तिहार ...

व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’

img

फोनको दूरुपयोगको आवाजहरू आइरहेको बेला सूचना प्रविधि सम्वन्धी काम गर्दै आएको कम्पनी ...

पत्रपत्रिका

सबै