लाङटाङमा रिपिटर टावरको माग

| रसुवा

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउन रिपिटर टावर जडान गरिदिन पर्यटन व्यावसायीले माग गरेका छन् । 

पर्यटन व्यावसायी तेम्बा लामाका अनुसार भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्यटकको संख्या क्रमश बढदै गएको छ । हिमाली क्षेत्रको पदयात्रामा रहँदा टेलिफोन र इन्टरनेट अभाव हुने भएकाले बृद्धिमको माथिल्लो भाग लाङटाङ हिमालको काखमा पर्ने पाङसाङमा राखिने गरी माग गरेको बताए । त्यस स्थानामा रिपिटर टावर राखे क्याङजेन लगायत लाङटाङ क्षेत्र पुरै भाग संचार सुविधा सहज हुने उनले बताए । 

नेपाल टेलिकमले भूकम्पपछि लाङटाङमा जडान गरेको सिडिएमए टावरले त्यति राम्रो काम नगरेकाले संचारको थप सुविधा बढाउन सकिए पर्यटकको आगमनमा बृद्धि हुने स्थानीय पर्यटन व्यावसायी दिण्डुप तामाङ बताउँछन् । 

टेलिकमले भने लाङटाङमा सिडिएमए मोबाइल सेवलाई भूकम्पपछि नै संचालन गराइएको र नमस्ते (जिएसएम)का लागि सर्भे प्रकृया अगाडि बढाएको बताइएको छ । लाङटाङ लगायत क्षेत्रमा गत वर्ष १३ हजार ७ सय ८९ पर्यटकले भ्रमण गरे । यस वर्ष साउनदेखि हालसम्म २ हजारभन्दा बढी पर्यटकले हिमाली क्षेत्रमा भ्रमण गरिसकेको रेकर्ड रहेको छ ।

प्रतिकृया दिनुहोस्

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

कलर ओएस ६ सार्वजनिक

img

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

ओपोद्वारा एकै हप्ता चार नयाँबजार प्रवेश

img

स्मार्टफोन ओपोले तिब्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता ...

पत्रपत्रिका

सबै