४ दशकदेखि निरन्तर निर्यातमा युनिक ड्रागन कार्पेट हाउस (फोटोफिचर)

| काठमाडौं

नेपालबाट कुनै समय बढी मात्रामा निर्यात हुने वस्तु नै नेपाली गलैचा (कार्पेट) थियो । अहिले कम निर्यात भएपनि काठमाडौंको मुटु मानिएको ठमेलमा ४ दशकदेखि यही व्यवसायमा अडिग छन्, युनिक ड्रागन कार्पेट हाउस ।

सन् १९७६ देखि व्यापार थालनी गरेको ककनी गाउँपालिका नुवाकोट निवासी हाउसका निर्देशक बासुदेव थपलियाले बताए । युरोप, अमेरिका लगायतका देशहरुमा निर्यात हुने कार्पेट पछिल्लो चरण खासै व्यापार नभएको उनको अनुभव छ ।

४२ वर्षअघि यस ठाउँमा व्यापार थालनी गर्दा अरु पसलहरू नरहेको उनी बताउँछन् । ठमेलको नरसिंह चोक नजिकै रहेको उनको पसलमा विभिन्न ब्राण्डका होलसेल, रिटेलमा कार्पेटहरू पाइन्छ । उनले १७५ देखि ४५ हजार मूल्यसम्मको कार्पेट बेचेको बताए । तर अहिले महँगी बढेको छ तर त्यति थोरै मूल्यमा पाउन गाह्रो छ, उनले सुनाए ।

नेपालमा कार्पेटको इतिहास

वि.सं. २०३२ सालतिर विश्व बजारमा कार्पेट निर्यात गर्ने देश मोरक्को रहेको थियो । मोरक्कोको अर्थतन्त्र धराशयी हुने र नेपालको कार्पेट उद्योग फस्टाउँदै जाने काम एकैपटक भयो । वि.सं. २०४० देखि ५० को दशकसम्म नेपाली कार्पेट उद्योग दिन प्रतिदिन उकालो लागिरह्यो । मोरक्कोको कार्पेटले लिएको बजार नेपाली कार्पेटले लिन थाल्यो । नेपाली कार्पेटको निर्यात युरोपेली देशमा बढी हुन थाल्यो । खासगरी जर्मनीमा यहाँको हाते बुनाइका कार्पेट बढी रुचाइएका हुन् ।

२०५० को दशकमा मुलुकमा दश हजारभन्दा बढी संख्यात्मक गलैंचा उद्योग खुलिसकेका थिए भने चार लाखभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका थिए । त्यो बेलामा ३६ लाख वर्गमिटरसम्म कार्पेट निर्यात हुने गर्दथे ।

उकालो लागेको कार्पेट निर्यात व्यवसाय त्यति धेरै टिकेन । २०६० को दशकको सुरुसँगै नेपाली कार्पेट ओरालो लाग्न थाले । अहिले ५ लाख वर्गमिटरमा हाराहारीमा निर्यात भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान (फोटोफिचर)

img

रसुवामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानमा बालविवाह, बहुविवाह, बेचविखनमुक्त बनाउने ...

दुतिको पहिरो (फोटोफिचर)

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

पर्यटकलार्इ लोभ्याउने सैलुङ (फोटोफिचर)

img

दोलखा र रामेछापको संगमस्थलमा रहेको  सैलुङले धार्मिक, पर्यटकीय र सांस्कृतिकको परिचय बोकेको ...

ककनी मेमोरियल पार्क (फोटोफिचर)

img

नुवाकोटको घोप्टेभीरमा इ.सं. १९९२ को जुलाई ३१ मा टिजी ३११ थाई एयरवेजको ...

टुँडिखेलमा संविधान दिवस (फोटोफिचर/भिडियो)

img

संघीय गणतान्त्रिक नेपालको संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा बुधबार भब्यताकासाथ मनाइएको छ ...

अाज गोकर्णे औंसी (फोटो फिचर)

img

देशभर बाबुको मुख हेर्ने पर्व आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ...

पत्रपत्रिका

सबै