हजारौँ पदका लागि विज्ञापन गर्दै लोकसेवा आयोग

| काठमाडौं

लोकसेवा आयोगले यस वर्ष हजारौँ पदमा विज्ञापन गर्र्ने प्रक्रिया अगाडि बढाएको छ । पाँच लाखभन्दा बढी युवा लोकसेवामा तयारीमा रहेको अवस्थामा ‘दुई वर्षसम्म लोकसेवा नखोल्ने’ भन्नेजस्ता भनाइ बाहिर आएपछि लाखौं युवालाई निराश बनेका थिए । मङ्सिरको अन्तिमसम्म विज्ञापन गर्ने आयोगको तयारीले ती युवामा आशाको सञ्चारसमेत गराएको छ ।

आयोगले मङ्सिर महिनाबाट विज्ञापनको प्रक्रिया सुरु गरेर आगामी २०७६ को असार मसान्तसम्म सबै परीक्षाको प्रक्रिया पूरा गर्ने तयारी गरेको छ । आयोगको इतिहासमै पहिलो पटक नेपाल सरकार मन्त्रिपरिषद्को अनुरोधमा आयोगले आफ्नो कार्यतालिका दुई महिना पर सारेको थियो ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले भने, ‘‘विज्ञापन अवश्य हुन्छ, खुल्छ, अब रोकिँदैन । सम्बन्धित निकायबाट कुन कुन पदमा कति सङ्ख्यामा दरबन्दी रिक्त छ भनेर सङ्ख्या यकिन गरेर आउन भने बाँकी छ, आयोगले मङ्गलबार मात्रै पनि सम्बन्धित सबै निकायलाई ताकेतासमेत गरेको छ ।’’

सेवा सञ्चालन गर्ने मन्त्रालयहरू, न्याय सेवा आयोग, स्वास्थ्य मन्त्रालय, संसद् सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले पत्राचार गरेर रिक्त दरबन्दी अद्यावधिक गर्नका लागि मङ्गलबार पत्राचार गरेको छ । आयोगले असोज, कात्तिक, मङ्सिरमा हुने सबै विज्ञापन मङ्सिरको अन्तिम बुधबार प्रकाशन गर्ने गरी कार्यतालिका बनाएको जानकारी अध्यक्ष मैनालीले दिए । याे खबर अाजकाे गाेरखापत्रमा छापिएकाे छ ।

प्रतिकृया दिनुहोस्

सुधागरगृहमा पनि यौन दुराचार

img

सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय ...

बच्चा जन्माई डोकोमा राखेर आमाले फाल्न लगेपछि...

img

खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् ।  खाँदबारी ...

१ लाख ६ हजार कर्मचारीकाे समायोजन गरिँदै

img

कर्मचारी समायोजन अध्यादेश २०७५ लागू भएसँगै निजामती कर्मचारीतर्फका ८९ हजार, स्थानीय तहका ...

गृहमन्त्री थापा र चिनिया राजदुतको विदाई भेट

img

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि चीनका राजदुत यु होङले बिदाई ...

'मर्निङ वाक' स्वास्थ्यका लागि खतरा

img

केही सातायता चिसो बढेपछि उपत्यकाको वायु प्रदूषणको दर उच्च भएको छ। त्यसमा पनि ...

नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा मन्त्रीले नै हस्तक्षेप गरेपछि

img

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप ...

पत्रपत्रिका

सबै