श्रीमती संघद्धारा निशुल्क स्वास्थ्य शिविर

| रसुवा

रसुवाको स्याफ्रुबेशीमा निशुल्क स्वास्थ्य शिविर तथा मानव बेचविखनविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार नेपाल प्रहरी श्रीमती संघ र नेपाल प्रहरी अस्पतालको संयुक्त आयोजनामा चिलिमे हाइड्रोपावरको प्राङ्गणमा एक दिने शिविर सम्पन्न भएको हो ।

संघका अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा सम्पन्न शिविरमा निशुल्क दन्त रोग, छाती तथा पेट रोग, स्त्री रोग लगायत अन्य रोग गरी ३ सय ५९ जना सर्वसाधारणको स्वास्थ्य परीक्षण तथ निशुल्क औषधी प्रदान गरिएको थियो ।

यस्तै यौनजन्य, हिंसा र मानव बेचविखनविरुद्ध सचेतना मूलक कार्यक्रमसमेत गरिएको थियो । उक्त कार्यक्रममा गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, नेपाली सेना काली जंग गणका गणपति शीतल बानियाँ, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सशस्त्र प्रहरी प्रमुख मेघराज जोशी, सञ्जालकी अध्यक्ष सुनिता गुरुङ, बुद्धिजीवी, समाजसेवी, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, शिक्षकशिक्षिका, विद्यार्थीहरू लगायत ६ सय जनाको सहभागिरहेका थिए ।

प्रतिकृया दिनुहोस्

हात्तिपाइलेको औषधी खुवाइने

img

पाँचथरमा फागुन १५, १६ र १७ गते हात्तिपाइले रोग निबारणको औषधी खुवाइने ...

सुआहराले आमाहरुको स्वास्थ्यमा सुधार

img

पाँचै गाउँपालिकाभित्र रहेका वडाहरुमा हरेक बार खाना चार र सुनौलो एक हजार ...

नाटाङ डाँडामा नि:शुल्क शिविर

img

नुवाकोट दुप्चेश्वर गाउँपालिका- ३ स्थित राउतवेशीको नाटाङ डाँडामा नि:शुल्क आँखा शिविर सम्पन्न ...

३ दिने शिविरमा करिब २ सयको स्वास्थ्य परिक्षण

img

धनकुटा ३ कागतेमा बृहत निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । धनकुटा ...

यौन तथा प्रजननसम्बन्धी प्रशिक्षण

img

सर्लाहीको बागमतीमा महिला यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको ...

रसुवा अस्पतालको अध्यक्षमा रामशरण

img

कार्तिक ३० गतेको मन्त्री परिषदको बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृत ...

पत्रपत्रिका

सबै