नेपाल-भोट युद्धको किल्ला रसुवागढी

| रसुवा

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राज स्रङचेन गोम्पोसँग गरिदिँदा यही गढीकै बाटो प्रयोग गरिएका थिए । मल्लकालदेखि एउटा महत्वपूर्ण किल्लाका रुपमा रहेको र प्रताप मल्लको शासनकालमा कुति र खासा जित्न रसुवागढीको परस्पारिक महत्व रहेको तथ्य हनुमानढोकास्थित कृष्ण मन्दिरको अभिलेखमा समेत उल्लेख रहको छ।

दोस्रो नेपाल-भोट युद्ध (वि.सं. १८४९) मा केरुङ मोहाडाबाट अभिमान सिंह बस्न्यातको नेतृत्वमा बढेको फौजाले झुँगा कब्जा गर्दा दिगर्चा कब्जा गरी कुति मोहोडाबाट बढेको फौजसँग लिङअप गर्ने उद्देश्यले अगाडि बढी रसुवागढीलाई थप मदत र बन्दोबस्ती प्रयोजनका लागि उपयोग समेत गरेको पाइन्छ । यो नेपाली इतिहासको साक्षी पनि मानिन्छ। बहादुर शाह र जंगबहादुर राणाको पालामा तिब्बतसँग भएको लडाइँमा यही गढीबाट नेपाली पुर्खाहरूले लडेर तिब्बतसँग युद्ध जितेका थिए।

वि.सं. १९१२मा कुति क्षेत्रको सीमा विवाद र अन्य विवादित घट्नाहरुले गर्दा तेस्रो विश्वयुद्धको सन्दर्भमा कमाण्डर शिवराम खत्री तत्काली प्रधानमन्त्री जंगबहादुर राणा व्यवस्थापनमा यमदल कम्पनी र थप २ पल्टनले २ महिना १३ दिन लगाएर हालको स्वरुपमा रसुवागढी बनाएको कुरा इतिहासमा उल्लेख छ ।

यो गढीलाई २०७१ मंसिर १५ गते द्धिपक्षीय नाकाको रुपमा विकास गर्दै २०७४ भदौ १४ गतेबाट अन्तर्राष्ट्रिय नाका घोषणा गरिएको हो । यस्तै इतिहास बोकेका ठाउँहरुलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

आज देव अवतरण महोत्सव (ल्हाबब दुछेन)

img

शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि ...

पत्रपत्रिका

सबै