चन्द्रसुर्यले नचाए दर्शक

| युएर्इ

चन्द्रसूर्य युवा समूह आबुधावी दुबर्इले दिपावली सांस्कृतिक धमाका २०१८ सम्पन्न गरेको छ ।

चन्द्रसूर्य युवा समूह आबुधावीको आयोजनामा र एभरेष्ट पोइन्ट रेस्टुरेन्टको मुख्य प्रायोजकमा सो धमाका सम्पन्न भएको हो ।  ‘राष्ट्रको गौरव हाम्रो पहिचान, अनाथ तथा गरिब बालबालिकालाई सहयोगार्थ हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ नोभेम्बर ९ शुक्रबार अाबुधावीको मुसाफास्थित मलायलम समाजम सभाहलमा धमाका  सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा अन्तर्राष्ट्रिय कलाकार संघ(INAS) युएईका केन्द्रीय प्रथम उपाध्यक्ष लक्ष्मण दियालि रहेको थियो भने विशेष अतिथिहरुमा राष्ट्रिय कलाकार तथा वरिष्ठ संगीतकार गायक टंक बुढाथोकी, गायिका सहिमा श्रेष्ठ, नेपाल तामाङ समाज युएईका आबुधावी क्षेत्रीय अध्यक्ष पदम योन्जन तामाङ रहेका थिए ।  

त्यसैगरी अतिथिहरुमा एनआरएनए आबुधावीका कोषाध्यक्ष पदम खालिङ राई र अन्तर्राष्ट्रिय कलाकार संघ (INAS) युएईका केन्द्रीय महासचिव राम तामाङ लगायत युएईका क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरू रहेका थिए ।

भाइटिकाको शुभ साइत पारेर आयोजित धमाकाका मुख्य आकर्षक नेपालबाट आमन्त्रित संगीतकार तथा टंक बुढाथोकी र गायिका सहिमा श्रेष्ठ थिए । बुढाथोकीले उपस्थित सबै दर्शकसँगै देउसी र भैलो खेलेका थिए । यसरी बुढाथोकीको साथमा देउसी र भैलो खेल्न पाउँदा परदेशको ठाउँमा पनि नेपालको झल्को मेटेको उपस्थित दर्शकले प्रतिक्रिया दिए ।

त्यसैगरी गायिका श्रेष्ठको प्रस्तुतिले दर्शकलार्इ नचाएका थिए ।  युएईमा रहेका नेपाली स्थानीय कलाकारहरू हरि मोक्तान, सुस्मिता गुरुङ, अमृता लामा, सीमा थापा, सानुस्मिथ, सुरज श्रेष्ठ, सन्जिता लामा, विवेक लिम्बू, अमृत परियार लगायतले आ-आफ्नो प्रस्तुतिले मनोरञ्जन दिलाए ।

अामन्त्रित कलाकार र  रोजगारीको शिलशिलामा युएईमा छरिएर रहेका स्थानीय कलाकारहरुलाई समेत विशेष सम्मान गरेको कार्यक्रमका संयोजक गायक हरि मोक्तान र सभाध्यक्ष समूहका अध्यक्ष कमल न्यौपाने रहेका थिए ।

प्रतिकृया दिनुहोस्

कोरियामा फेब्रुअरी ४ मा सोनाम ल्होछार कार्यक्रम

img

सोनाम ल्होछार साँस्कृतिक तथा सांगीतिक कार्यक्रम फेब्रुअरी ४ तारिक नेपाल तामाङ संघ ...

जिएमइ जीवन ज्योति: एक जनालाई कोरियामा उपचार गरिदिने

img

कोरियामा संचालित रेमिटेन्स कम्पनी ग्लोबल मानी एक्सप्रेस (जिएमइ) ले जिएमइ जीवन ज्योती ...

शेर्पा किदुगले मार्च १ मा ल्होछार मनाउने

img

शेर्पा किदुग युएईले मार्च १ मा ग्याल्पो ल्होछार मनाउने भएको छ । ...

एनसीसी कोरियाको २५ बर्ष, स्मारिका बिमोचन

img

दक्षिण कोरियाको सबैभन्दा पुरानो नेपाली संस्था नेपाली सम्पर्क समिति (एनसीसी) ले स्थापना भएको २५ ...

तामाङ कोअपरेशन सोसाइटीको अध्यक्षमा प्रेम लामा

img

तामाङ को–अपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम लामा चयन भएको छ । ...

एनसीसीले रजत जयन्ती मनाउँदै

img

नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाले स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत ...

पत्रपत्रिका

सबै