गायक शेर्पालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

| काठमाडौं

‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक लाक्पा शेर्पा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ले सम्मानित भएका छन् । शेर्पा कलाकार संघले राजधानीमा विशेष समारोह आयोजना गरी बरिष्ठ गायक शेर्पालाई सम्मानित गरेको हो । 

कला, संगीतको माध्यमबाट शेर्पा समुदायमा मात्रै नभएर सिंगो कलाकारिता जगतमै उदाहरणीय बनेका भन्दै शेर्पालाई सम्मान गरेको जनाएको छ । लामो समयदेखि संगीत कर्ममा लागेका शेर्पा गीतसंगीतका माध्यमबाट निरन्तर साधनारत छन् । 

दीपावलीको अवसरमा शुभकामना आदनप्रदानसहित आयोजना गरिएको कार्यक्रममा देउसी भैलोका साथमा आपतकालीन कोष निर्माण लगायत उद्देश्यले आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै ओखलढुंगा कलासहित्य समाज काठमाडौंका अध्यक्ष गम्बु शेर्पाले समुदायका अगुवाहरुले कलाकारिताको महत्व र कलाकारलाई चिन्न नसकेको भन्दै दुःखेसो व्यक्त गरे । कलाकारहरू समाज रुपान्तरणको दह्रो खम्बा भएपनि त्यसबारे अगुवाहरू नै अनविज्ञ रहेको उनको गुनासो छ । कलाकारलाई सम्मानका साथै सहयोगले उनीहरू निरन्तर साधनामा लाग्न सक्ने उनको भनाइ थियो । त्यस्तै, नेपाल शेर्पा संघका अध्यक्ष इन्जिनिएर एडी शेर्पाले संस्थाको दीर्घजीवनको कामना गरे । संस्थाहरू जन्मिने र सेलाउने क्रमले राम्रो सन्देश नगएको उनको भनाइ छ । त्यस्तै, महिला संघका अध्यक्ष ङिमी शेर्पाले २१ औं शताब्दीमा पनि नारी पुरुष बराबरी हुनुपर्ने कुरा उठाइरहनुपर्ने वाध्यत्मक अवस्थाले लज्जित बनाएको टिप्पणी गरे । नयाँ संविधान जारी भई कार्यान्वयनमा रहेको अवस्थामा समनताको लागि नारा लगाउँदै सडकमा कुर्लिनुपर्ने अवस्थाले राम्रो सन्देश नजाने र समानताको लागि सम्मानजनक व्यवहार जरुरीरहेको जनाए । 

आपतकालीन कोषका लागि चर्चित गायक गम्बु शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लगायतले आर्थिक सहयोग घोषणा गरे । त्यस्तै, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बाह्रविसे नगरपालिकाका मेएर ङिमा फिन्जो शेर्पा लगायतले शुभकामना व्यक्त गरे । राष्ट्रियगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेर्पा कलाकारहरुले आफ्नो प्रस्तुति दिए । कार्यक्रममा देउसीबाट संकलित रकम कलाकार आपतकालीन कोष स्थापना गर्ने सचिव दावा के शेर्पाले जानकारी दिए । डिजे ङवाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रम ल्हामु शेर्पाले सञ्चालन गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा किसान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिरहेको थियो । 

कार्यक्रममा समाजमा ख्याती कमाएका र योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान पत्र समेत प्रदान गरेको कोषाध्यक्ष जाङमु इनन शेर्पाले जानकारी दिए । कार्यक्रम शेर्पा पार्टी प्यालेश जोरपाटीमा आयोजना भएको थियो ।

प्रतिकृया दिनुहोस्

फोनिजले जारी गर्यो १३ बुँदे घाचोक घोषणापत्र

img

माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले ...

घेदुङको वडा कमिटी गठन

img

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ मा नेपाल तामाङ घेदुङको वडा कमिटी गठन ...

 फोनिज रौतहट शाखाको अध्यक्षमा उपेन्द्र

img

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट जिल्ला भेला सम्पन्न भएको छ। ...

आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने: मुख्यमन्त्री राउत

img

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आदिवासी जनजातिहरुले योभन्दा अगाडि पाउँदै ...

आज तमु ल्होसार, गुरुङ समुदायले मनाउँदै

img

आज तमु ल्होसार, गुरुङ समुदायको महान पर्व । गुरुङ समुदायले आफ्नो नयाँ ...

ल्होछार, उभौली, उधौलीमा बिदाको माग गर्दै राजदूतलाई ज्ञापन-पत्र

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया प्रवास शाखाले विभिन्न समुदायको चाडहरुमा नेपाल ...

पत्रपत्रिका

सबै