सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

​​​​​​​मिरिक सम्मेलनको कार्यभार

| काठमाडौं

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो सम्मेलनको संघारमा उभिएको छ । परिषद्को सम्मेलन आगामी डिसेम्बर १४, १५ र १६ मा भारतको दार्जीलिङ मिरिकमा सम्पन्न हुँदैछ । सम्मेलनको तयारी चल्दै गर्दा यतिखेर संसारभरका तामाङ सङ्घसंस्था, यसका नेतृत्व तथा अग्रजहरूको ध्यान फेरि एकपटक परिषद्को सम्मेलनमा केन्द्रित भएको छ । परिषद्को सम्मेलनमा छलफल हुने एजेन्डाहरूका बारेमा विश्वभरिका तामाङ समुदायमा चासो बढेको छ । विश्वका तामाङ समुदायको सम्पूर्ण गतिविधिलाई समन्वय गर्ने नेतृत्वदायी साझा संस्थाको भूमिका र महŒवका विषयमा छलफल र बहस आरम्भ भएको छ ।

कुनै पनि संस्थाको जीवनमा यस्ता अधिवेशन तथा सम्मेलनको महत्व उच्च हुन्छ । यसर्थ अधिवेशन?सम्मेलनलाई संस्थाको सर्वोच्च अंग मानिन्छ । विगतमा भए गरेका कामकारवाहीको समीक्षा गर्ने तथा नयाँ कार्यकालका लागि योजना, नीति तथा कार्यक्रम तय गर्ने यस्ता सम्मेलनको मुख्य उद्देश्य हुन्छ । साथै संस्थाको प्रकृतिअनुसारको नयाँ नेतृत्व चयन गर्ने मुख्य कार्यभार पनि सम्मेलनकै हुन्छ । यस अर्थमा मिरिक सम्मेलन अन्तर्राष्ट्रिय तामाङ परिषद्का लागि आफ्नो भूमिका र कार्यभारबारे गहन छलफल गर्ने अर्को अवसरका रूपमा नजिकिरहेको छ । परिषद्को यो सम्मेलन संसारका विभिन्न मुलुकमा छरिएर रहेका तामाङ समुदायका लागि यसको आवश्यकता र औचित्य थप सिद्ध गर्ने अवसर पनि हो ।

इतिहासमा हामी अलगअलग रह्यौं । अथवा एउटै पूर्खाका सन्तानलाई अलगअलग रहन बाध्य पारियो । छिन्नभिन्न पारियो । हाम्रो राज्यसत्तामाथि चरम दमन भयो । स्वाभिमानमाथि बलत्कार भयो । हाम्रो मौलिक सभ्यता र स्वत्व अपहरणमा पर्यो । यो बुझाइ यदि सही हो भने आज धर्तीको जुनसुकै कुनामा छरिएको भएपनि सारा तामाङ समुदाय एकजुट हुने बेला आएको छ । ‘नीति, सिद्धान्त, कार्यक्रम, भावना हरेक हिसाबले अब विश्वभरका तामाङ समुदायबीच बलियो एकता कायम भयो’ भन्ने सन्देश दिने मौका पनि यही हो ।

सन् २००२ मा स्थापना भएको संस्था हो, अन्तर्राष्ट्रिय तामाङ परिषद् । विश्वभरि छरिएका तामाङ समुदायलाई एकसूत्रमा बाँध्ने, उनीहरूको हित र अधिकारको संरक्षण गर्ने, तामाङ समुदायको राजनीतिक, सांस्कृतिक, भाषिक, सामाजिक तथा शैक्षिक सशक्तिकरणका लागि साझा अन्तर्राष्ट्रिय सञ्जालको निर्माण गर्ने परिकल्पनाको परिणामस्वरूप यो संस्थाको जन्म भएको हो । बितेको १६ वर्षमा परिषद्को ३ वटा सम्मेलनहरू सम्पन्न भएका छन् । प्रथम सम्मेलन २०५९ पुस ५ देखि ७ गते (२००२ डिसेम्बर १९–२२)सम्म काठमाडौंमा सम्पन्न भएको थियो । ‘विश्वका तामाङहरू एकजुट हौं, अन्तर्राष्ट्रिय साझा मन्चको निर्माण गरौं’ भन्ने नारासहित सम्पन्न यो सम्मेलनले नेपाल तामाङ घेदुङका तत्कालीन अध्यक्ष परशुराम तामाङलाई अध्यक्षमा चयन गरेको थियो । यसैगरी २०६२ मङ्सिर ३० देखि पुस ३ (सन् २००५ डिसेम्बर १५–१८)मा भारतको दार्जीलिङमा परिषद्को दोस्रो सम्मेलन भएको थियो । निकै भव्यतापूर्वक सम्पन्न भएको यस सम्मेलनले भारतका एमएस बमजनलाई अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । त्यसपछि २०६९ चैत ३ देखि ५ (सन् २०१३ अप्रिल १६–१८) गतेसम्म परिषद्को तेस्रो सम्मेलन पुनः काठमाडौंमा भएको थियो । तेस्रो सम्मेलनले घेदुङका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङलाई अध्यक्षमा छानेको थियो ।

पहिलो सम्मेलनमा जम्मा ८ देशको सहभागिता रहेको थियो भने दोस्रोमा १० र तेस्रोमा १३ देशका प्रतिनिधि सम्मेलनमा सहभागी थिए । यसरी परिषद्को हरेक पटकको सम्मेलनमा सहभागी देश र प्रतिनिधिको सङ्ख्या बढ्दै गएको देखिन्छ । अहिले विश्वका २०भन्दा बढी देशमा तामाङ संस्था स्थापित भइसकेका छन् । विभिन्न देशमा तामाङ संस्थाहरूको गतिविधि बढ्दो छ । यसबाट यसपटकको परिषद्को चौथो सम्मेलनमा स्वाभाविक रूपमा प्रतिनिधिको सङ्ख्या पनि स्वतः बढ्ने अनुमान लगाउन सकिन्छ ।

तामाङ समुदायको समृद्धि, इतिहास, पहिचानको खोजी र संरक्षण प्रवद्र्धनमा लागिपर्ने, मौलिक सभ्यता र संस्कृतिको सम्मान र स्थापित गर्ने, विभिन्न देशमा निर्माण भएका तामाङ सङ्घसंस्थाहरूलाई समन्वय गरी विश्वभरिका तामाङ समाजको हक हित र समुन्नतिका लागि सङ्गठित गर्ने, तामाङ सङ्घसंस्थाहरुको संस्थागत विकास एव म सशक्तिकरणमा सहयोग पुर्याउने, तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, मूल्य मान्यताको विकासमा टेवा पुर्याउने यस परिषदको मूल लक्ष्य हो । यसैगरी तामाङ समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक सामाजिक, धार्मिक एव म राजनीतिक अभिवृद्धि तथा सर्वाङ्गीण हितका लागि आवश्यक योजना निर्माण तथा कार्यान्वयन गर्ने यो संस्थाको उद्देश्य हो ।

बितेको १६ वर्षमा परिषद्ले संसारभरका तामाङ समुदायका लागि के गर्यो ? यसको उपस्थितिले के कस्ता उपलब्धि प्राप्त भए ? तामाङ समुदायको पहिचान, सभ्यता र समृद्धिका लागि यसले कति भूमिका निर्वाह गर्न सक्यो ? चौथो सम्मेलनको संघारमा अहिले चौतर्फी उठिरहेको सवाल हो यो । यसले आफ्नो घोषित नीति र कार्यक्रमअनुसार भूमिका देखाउन के कति इमानदार प्रयास गर्यो ? यसबारे पनि अहिले खोजीनीति भइरहेको छ । अलग अलग देशमा अलग अलग संस्था स्थापना हुनु, विभिन्न खालका गतिविधिहरू सन्चालन भइरहनु अत्यन्त राम्रो विषय हो । यस्तो अवस्थामा विश्वभरका तामाङहरूलाई एकसूत्रमा बाँध्ने परिकल्पनासहित परिषद् जस्तो संस्था अस्तित्वमा आउनुले धेरैलाई उत्साहित तुल्याएको पनि हो । तर यो संस्थाले अपेक्षाअनुसार आफ्नो भूमिकामा खरो उत्रन कता कता अल्मलिरहेको धेरैको बुझाइ छ ।

साझा तामाङ शब्दकोश प्रकाशित गर्ने, तामाङ विकास कोष गठन गर्ने, तामाङ संस्कार संस्कृति निर्देशिकाको कार्यान्वयन गर्ने र तामाङ विकासको २० वर्षे अवधारणापत्र तयार गर्नेजस्ता लक्ष्यहरू यसअघिका सम्मेलनहरूले तय गरेको थियो । यसैगरी तामाङ संस्कृति संस्कार दशक अभियान पनि पारित भएको थियो । यसरी अति महत्वपूर्ण कार्यक्रमहरू तय गरिएपनि त्यसलाई परिषद्ले प्रभावकारी ढंगले कार्यान्वयनमा लग्न सकेको छैन । अपेक्षाअनुसार यसले गति समात्न नसक्दा यो संस्था औपचारिक संस्थाकै घेरामा सीमित हुन पुगेको बुझाईलाई अन्यथा लिन मिल्दैन । यसबाट नेपाल र भारतका तामाङबीच औपचारिक सम्बन्ध कायम राख्ने संस्थाका रूपमा मात्रै रुपान्तरण भइरहेको मनोविज्ञानलाई बल पुगेको छ । यसर्थ भोलिका दिनहरूमा यो संस्थालाई यसको परिकल्पनाअनुसार फराकिलो सञ्जालका रूपमा स्थापित गरिनुपर्छ ।

यिनै लक्ष्यहरूलाई ठोस रूपमा व्यवहारमा उतार्न थप कार्ययोजना निर्माणको दिशामा चौथो सम्मेलन केन्द्रित हुनुपर्छ । मिरिक सम्मेलन विश्वभरिका तामाङ बुद्धिजीवी एव म अग्रजहरूको ऐतिहासिक भेला पनि हो । यस सम्मेलनमा हुने बौद्धिक बहसले विश्वभरि अलग–अलग चलिरहेको अभियानलाई साझा र एकीकृत बनाउँदै परिणाममुखी बनाउन साझा ऐक्यवद्धता जाहेर गर्नुपर्छ । तामाङ समाजलाई समृद्ध बनाउने हरेक कार्ययोजना कार्यान्वयनका लागि प्रष्ट मार्गचित्र कोर्नुपर्छ ।

संस्थाको नियमितरूपमा सम्पन्न हुने प्रकृयाको परिधिमा मात्रै खुम्चिनु हुन्न अन्तर्राष्ट्रिय तामाङ परिषदको यो चौथो सम्मेलन । तामाङ जातिको सभ्यता, गौरव, संस्कृतिलाई अँझ समृद्ध बनाउन एउटा ऐतिहासिक परिघटनाका रूपमा सावित हुनुपर्छ । हाम्रा पूर्खाले आर्जेको ज्ञान र सीपका साथै वर्तमान भौतिक विज्ञान र प्रविधिले सिर्जना गरेका चेतनाका आधारमा नयाँ पुस्ताको सुन्दर भविष्य निर्माणका खातिर सम्मेलनमा गहन छलफल हुनैपर्छ । हामीलाई यतिखेर विश्वभरि छरिरहेको तामाङ ज्ञान, सीप र अनुभवलाई एकत्रित गरी समाजको सकारात्मक रूपान्तरणका लागि उपयोग गर्ने खालको रणनीतिको आवश्यकता छ ।

विश्वभर छरिएको हाम्रो क्षमता, योग्यता र पूँजीलाई एकत्रित गरी लगानीको वातावरण तयार गर्ने हो भने हाम्रो आर्थिक विकासमा नयाँ फड्को सावित हुने निश्चित छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा असीमित अवसरका द्वारहरू खुल्नेछन् ।

तामाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक हरेक क्षेत्रको सबल पक्षको पहिचान हुनु आवश्यक छ । इतिहासमा भएको उत्पीडनको घाउ कोट्याएर मात्र तामाङ समुदायको समृद्धि सम्भव छैन । आजको पुस्ताको चिन्तनमा व्यापक अन्तर आइसकेको हुँदा पुरानो चिन्तनले वस्तुस्थितिको सही मूल्यांकन हुन सक्दैन । वर्तमानमा हामीले हासिल गरेको ऊर्जालाई मापन गर्न सक्नुपर्छ । हामीभित्रैको ऊर्जाको आधारमा भोलिका योजनाहरू कोरिनुपर्छ । ज्ञान विज्ञानको दुनियाँमा हाम्रै समुदायमा पनि क्षमतावान प्रतिभाहरूको जन्म भइसकेको छ । जसले समग्र मानवजातिलाई नयाँ दिशा दिन सक्छन् । यस्ता प्रतिभाहरूको खोजी हुनु आवश्यक छ । उनीहरूका लागि आफ्नो ज्ञान, सीप, क्षमता र योग्यता प्रदर्शनको आवश्यक वातावरण निर्माण गरिनुपर्छ । तामाङ सभ्यतालाई जीवन्त राख्ने हाम्रा काअीरन र पुख्र्यौली गाथाको संरक्षण संवद्र्धन गर्ने वर्तमान पुस्ताको दायित्व हो । सँगसँगै आधुनिक विज्ञानले पलपल गरिरहेको विकास र त्यसले सिर्जना गरेको अवसरबाट लाभ लिन सक्ने क्षमताको विकास गराउनुपर्ने चुनौती पनि हाम्रोसामु विद्यमान छ ।

विश्वभर छरिएको हाम्रो क्षमता, योग्यता र पूँजीलाई एकत्रित गरी लगानीको वातावरण तयार गर्ने हो भने हाम्रो आर्थिक विकासमा नयाँ फड्को सावित हुने निश्चित छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रमा असीमित अवसरका द्वारहरू खुल्नेछन् । यसबाट तामाङ समुदायका लागि मात्र नभएर राष्ट्रकै आर्थिक विकास र समृद्धिको अभियानमा टेवा पुर्याउन सकिनेछ । यसै पनि नेपाल प्रशस्त सम्भावनाहरू भएर पनि पछाडि परिरहेको मुलुक हो । यसर्थ आर्थिक विकासका अनेक कार्यक्रमहरू सन्चालन गर्ने नीति बन्नु आवश्यक छ ।

इतिहासमा हामी अलगथलग रह्यौं । अथवा एउटै पूर्खाका सन्तानलाई अलगथलग रहन बाध्य पारियो । छिन्नभिन्न पारियो । हाम्रो राज्यसत्तामाथि चरम दमन भयो । स्वाभिमानमाथि बलत्कार भयो । हाम्रो मौलिक सभ्यता र स्वत्व अपहरणमा पर्यो । यो बुझाइ यदि सही हो भने आज धर्तीको जुनसुकै कुनामा छरिएको भएपनि सारा तामाङ समुदाय एकजुट हुने बेला आएको छ । आफ्नो आत्मसम्मानका लागि भावनात्मक रूपमा एकता प्रदर्शन गर्नैपर्ने भएको छ । यसका लागि पनि तामाङ परिषद्को मिरिक सम्मेलन गजबको अवसर बन्नुपर्छ । ‘नीति, सिद्धान्त, कार्यक्रम, भावना हरेक हिसाबले अब विश्वभरका तामाङ समुदायबीच बलियो एकता कायम भयो’ भन्ने सन्देश दिने मौका पनि यही हो ।

समुदायका लागि जतिसुकै गतिला योजनाहरू बनेपनि त्यसलाई व्यवहारमा लागू गर्ने भनेको संस्थाको नेतृत्वले नै हो । सक्षम, योग्य, दुरदर्शी, इमानदार कुशल नेतृत्वको अभावमा कुनै पनि योजनाहरू लागू हुन सम्भव नै छैन । यसकारण विश्वभरका तामाङ समुदायको विश्वास जित्ने खालको नेतृत्व चयन गर्ने यो सम्मेलनको अर्को महŒवपूर्ण दायिŒव हो । तामाङ समुदायको वर्तमान आशा, अपेक्षा, आवश्यकता र भावना बुझ्न सक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्न सक्ने, विश्व परिवेशबारे आफूलाई जानकार राख्ने, समुदायको क्षमता योग्यतालाई चिन्न सक्ने, नवीन विश्व दृष्टिकोणका आधारमा समुदायको एकीकृत अभियानलाई गतिशील बनाउन र हाँक्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । आधुनिक सञ्चार र प्रविधिको ज्ञान र त्यसमा आफूलाई अभ्यस्त राख्ने प्रवृत्ति नयाँ नेतृत्वका लागि अनिवार्य सर्त हो । परिपक्व र गम्भीर नेतृत्व चयनको प्रकृयामा चुक्दा सिङ्गो अभियान नै थला पर्ने गरेको उदाहरण जति पनि दिन सकिन्छ । मिरिक सम्मेलनमा पुग्ने प्रत्येक प्रतिनिधिले यो पाटोमा हेक्का राख्नु अति आवश्यक छ ।

यसो हुन सकेमा मात्र मिरिक सम्मेलन तामाङ समुदायको विकास र समृद्धिको एउटा विशेष अभियानका रूपमा स्थापित हुनेछ । नौलो आयाम बन्ने छ । सारा तामाङ समुदायले नयाँ ऊर्जा प्राप्त गर्नेछन् । अन्यथा यो सम्मेलन दार्जीलिङको एउटा सुन्दर पर्यटकीयस्थल घुमफिर गर्ने वहाना र रमाइलो जमघट मात्रै हुनेछ ।

(प्रतिक ङेसुर तामाङ परिषद्का वर्तमान सचिव हुन्  ।)

प्रतिकृया दिनुहोस्

‘ताम्बा काइतेन’ भित्रको मानव विकासक्रम

img

तामाङ समुदायको संस्कृति, धर्मकर्म, रीतिरिवाज र तामाङ जातिको ठुङसा (उत्पत्तिस्थल) भापसा (अवतरण ...

के पाए नि पाख्रिन दाइले, अर्कैले महल ठडाए ?

img

कालो बनको विचैमा खेतालाको गाउँ साना साना झुपडी छैन आमा बाउ भोका नांगा नानीहरू ...

दिगो विकास लक्षमा आदिवासी बाहिरै

img

विकास र आदिवासीसँग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रकृयामा आदिवासी जनजातिको ...

`चाडपर्व युद्धमय होइन, कृषिमय हुनु पर्छ´

img

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, ...

जापान, सपना एक लुट अनेक-२

img

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

पत्रपत्रिका

सबै