ओपोद्वारा नयाँ एसेवेनका लागि प्रि-अर्डर सुरुवातको घोषण

​​​​​​​स्वस्तिमा खड्कासँग भेट तथा अटोग्राफ्ड फोन किन्ने अवसर

| काठमाडौं

सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन्स अन्तर्गत आफ्नो नयाँ उत्पादन एसेवन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो एसेवन विशेष मितव्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो । इच्छुक उपभोक्ताका लागि कम्पनीले नयाँ फोनको प्रिअर्डर खुल्ला गरिएको घोषणा गरेको छ । प्रिअर्डरको अवधि नोवेम्बर ६ देखि १४सम्म रहने कम्पनीले जानकारी दिएको छ । फोनको फस्र्ट सेल्स ईभेन्ट भने नोवेम्बर १५का दिन कम्पनीको पाको न्यूरोडस्थित आधिकारिक शोरुमबाट हुने छ ।

प्रिअर्डर अवधिभर इच्छुक उपभोक्तालो कम्पनीको पाको न्यूरोडस्थित आधिकारिक शोरुममा गई रु २००० अग्रिम भुक्तानी गरी फोन बुक गर्न सक्नेछन् । यसरी प्रिबुकिङ गर्ने उपभोक्ताले फास्र्ट सेल्स ईभेन्टका दौरान यूवा ढुकढुकी तथा नेपाली चलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्कालाई प्रत्येक्ष भेट्ने तथा उनीद्वारा अटोग्राफ्ट गरिएको फोन प्राप्त गर्ने अवसर पाउने छन् । नेपाली चलचित्र उद्योगकी तारा, स्वस्तिमा खड्का ओपो फस्र्ट सेल्स ईभेन्टका दौरान ओपो फ्यान्ससँग भेट्न केही समयका लागि ओपोको आधिकारिक शोरुममा उपस्थित रहनेछिन् ।

यूवा ढुकढुकी तथा नेपाली चलचित्र उद्योगकी सुपर स्टार, नायिक स्वस्तिमा खड्का भरखरै आधिकारिक रुपमा नेपालका लागि ओपो फ्रेण्डका रुपमा अनुबन्धित भएकी छिन् । यससँगै आउँदा दिनहरुमा स्टार नायिकले ओपोका उत्पादनको प्रबद्र्धन गरिरहेको देख्न सकिने छ । वैश्विक ब्राण्डका रुपमा ओपोले सदैव स्थानीयता आत्मसात गर्दै आइरहेको छ । स्थानीय तारा (स्टार)हरुसँग ब्राण्ड तथा उत्पादन प्रबद्र्धनका लागि सहकार्य यसको एक सटिक नमुना हो । भविष्यमा पनि यस्तै अन्य स्थानीय सहकार्यहरुका लागि समेत ओपो निकै उत्साहित रहेको कम्पनीले जानकारी दिएको छ ।

सहकार्यका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने,‘ लाखौ नेपाली यूवाका ढुकढुकीका रुपमा रहन सफल नेपाली चलचित्र उद्योगकी सुपर स्टार नायिक स्वस्तिमा खड्कासँग सहकार्य गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ । स्थानीय लोकप्रिय कलाकारहरूसँगको यस्ता सहकार्यले हाम्रा यूवा फ्यान्स माझ आफ्ना सन्देश पुर्याउन थप सहयोग मिल्नेमा हामी विश्वस्त छौँ । हामीले यस अवसरलाई स्थानियकरणतिरको थप एक नयाँ पाइलाका रुपमा लिएका छौँ । ब्राण्ड तथा उत्पादनको प्रबद्र्धनका लागि स्थानियपन अपनाउने र पस्कने हाम्रो यो प्रयासलाई उपभोक्ताले सराहना गरिदिनुहुन्छ भन्ने हाम्रो आशा छ ।’

प्रतिकृया दिनुहोस्

ओपोको आर १७ प्रो सार्वजनिक गर्ने तयारी

img

चीनमा आर१७ र आर१७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले ...

ओपो ए सेवेन प्रवेश, स्वस्तिमाको साथ भव्य ‘चार्ज्ड अप फस्र्ट सेल्स ईभेन्ट’

img

ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो एसेवेनको आधिकारिक रुपमा विक्रि ...

लाङटाङमा रिपिटर टावरको माग

img

पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउन रिपिटर टावर जडान ...

ओपो, टेकरेडार मोबाइल च्वाइस कञ्जुमरद्वारा ‘वान टू वाच एवार्ड’बाट सम्मानित

img

स्मार्टफोन उद्योगकै अग्रणी ब्राण्ड मध्ये एक, ओपोलाई लंदनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर ...

ओपोद्वारा ‘बेष्ट दशैँ गिफ्ट’ क्याम्पेन २०१८ को घोषणा

img

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले नेपाली महान चाड वडा दशैँ र तिहार ...

व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’

img

फोनको दूरुपयोगको आवाजहरू आइरहेको बेला सूचना प्रविधि सम्वन्धी काम गर्दै आएको कम्पनी ...

पत्रपत्रिका

सबै