दिगो विकास लक्षमा आदिवासी बाहिरै

| काठमाडौं

विकास र आदिवासीसँग सम्बन्ध सुमधुर छैन । राज्यका निर्णय प्रकृयामा आदिवासी जनजातिको सहभागिता अत्यन्त न्यून रहेको पृष्ठभूमिमा अहिलेसम्मको विकास आदिवासीमैत्री बन्न नसकेको आदिवासी अधिकारकर्मीहरुको आरोप छ ।

शंकास्पद लक्ष

सन् २०१६बाट कार्यन्वयन सूरु गरी २०३० सम्ममा गरिबीलाई सून्यमा झार्ने महत्वाकाक्षाका साथ सुरु भएको दीगो विकास लक्ष पनि आदिवासी मैत्री हुन नसकेको उनीहरुको टिप्पणी छ । समाजशास्त्री डा. कृष्णबहादुर भट्टचनको विचारमा ‘दिगो विकास लक्ष पनि संकास्पद विकास लक्ष्य’ बन्न गएको छ ।

‘आदिवासीमा आत्मनिर्णयको अधिकार भयो भने मात्र दीगो विकास हुन्छ, यो लक्षले कतै पनि आदिबासी जनजातिलाई आत्मनिर्णयको अधिकार दिएको छैन । त्यसैले यो संकास्पद विकास लक्ष हो ।’

 ‘विश्व बैंकले होस वा अन्तराष्टीय मुद्रा कोषले होस, अथवा राज्यले या अन्य जुनसुकै क्षेत्रले पनि विकासका नाममा आदिबासीको जल, जमिन र जंगललाई दोहन गर्न चाहिरहेको हुन्छ । समाजशास्त्री भट्टचनले थपे–‘नेपालमा पनि आदिबासी जनजाति तामाङ, गुरुङ, राई, लिम्बु बसोबास गर्ने ठाउँको स्रोत र साधन रहेको स्थानमा राज्यले दोहन गर्दै आइरहेको छ ।’

गरिबी र भोकमरी लक्षित

दीगो विकास लक्षमा गरिबी तथा भोकमरीलाई केन्द्रित गरिएको छ । उर्जा, पर्याबरण, समाबेशी र सन्तुलित विकास, शिक्षा यसका प्रमूख लक्ष हुन् । यसका ८ लक्ष, २१ सूचक र ५०भन्दा बढी सहायक सूचक रहेका छन् । नेपालले दीगो विकास लक्षका लागि प्रतिव्यक्ति आय २५सय डलर पुरयाउने, मातृमृत्यु दर प्रतिलाख ७०मा झार्ने, समान कामका लागि महिला र पुरुषको ज्याला अनुपात एक पुर्याउने, ९९ प्रतिशत जनसंख्यालाई खानेपानी सेवा उपलव्ध गराउने लगायतका लक्ष राखेको छ । यसरी नै प्राबिधिक तथा व्यवसायिक सीप बढाउने, बिद्युत पहुँच बढाउने, अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने जस्ता लक्षहरू दीगो विकासका मोटो लक्ष हो ।

आदिवासीको मानवअधिकारका लागि वकिल समूह (लाहुर्निप)का सचिव शंकर लिम्बू पनि दीगो विकास लक्ष आदिबासी तरिकाको हुन नसकेको आरोप लगाउछन् । ‘आदिवासी तरिका भनेको निर्णय प्रकृयामा आदिवासीको स्थान कहाँनेर छ भनेर खोज्ने हो ।’ दीगो विकासमा आदिवासीका संलग्नता कतै पनि छैन भन्दै लिम्बूले थपे –‘अन्तराष्टीय श्रम संगठन महासन्धी संख्या १६९ र आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्टसंघीय घोषणा पत्र अनुसार दीगो विकास लक्षमा आदिवासीको संलग्नता कहाँ छ भनेर खोज्नु पर्दछ ।’

मानवअधिकारको विषय

विकास आफैमा एक अपरिहार्य मानवअधिकारको विषय हो । संयुक्त राष्टसंघले विगत आधा शताव्दी देखि मानव अधिकारर विकासकाबीच बलियो सम्बन्ध रहेको भन्दै आएको छ । यतिबेला संयुक्त राष्ट संघकै पहलमा विश्व विकासको मार्ग चित्रका सम्बन्धमा १५ वर्षे दीगो विकास लक्ष ल्याएको छ ।

तर यसले आदिवासी जनजातिहरू आफनै इतिहास, भूक्षेत्र, जीवीकोपाजृनको पद्धति मूल्य र मान्यतालाई समेट्न नसकेको आदिवासी अधिकारकर्मी ज्योति दनुवारको ठहर छ । भन्छन् –‘आदिवासी जनजातिको अधिकार सम्बन्धी राष्टसंघीय घोषणा पत्रको प्रस्तावनामा रहेको उनीहरुको भूमि क्षेत्र, प्राकृतिक स्रोतको अधिकारलाई यसले सम्बोधन गर्न सकेको छैन । यदि विकास गर्ने हो भने आदिवासीका आफनै विचार, भावना र आकाँक्षाहरुको सम्बोधनबाट मात्र विकास हुने यस घोषणा पत्रको मर्म हो ।’

‘आदिवासीहरुलाई महत्वपूर्ण स्रोतबाट बन्चित गराएर, उनीहरुको परम्परागत सुशासनका सरचना भत्काएर, मातृभाषाको लोप गराएर विकास हुन नसक्ने समाजशास्त्री भट्टचनको भनाई छ । अगाडि भन्छन् –‘जल, जमिन जंगलसँग आदिबासीहरुको अन्योन्याश्रित अध्यात्मिक सम्वन्ध छ । अदिबासीले त्यसलाई मास्न चाहंदैनन्, थारुहरुलाई हेर्ने हो भने चितवनका सयौं वर्षदेखिका घना जंगलहरू एक सिंगे गैंडा, हात्ती, घडीयालहरू जैविक विविधता देखि सबै संरक्षण थारुहरुले गरेका हुन । तर गैरथारुहरुको प्रवेशले ती सबै स्रोतहरुको नष्ट गरिएको छ । त्यतिबेला थारुहरुले कुनैपनि दात्रृसंस्था या राज्यको सहयोग विना नै बन जंगल सम्पूर्ण स्रोत साधनको संरक्षण गरेका थिए ।’

खतरनाक भविष्यबाणी

वैज्ञानिक इस्टेफन हकिंङको भनाईलाई उदृत गर्दै समाजशास्त्री भट्टचनले थपे –‘संसारमा अवको हजार वर्ष पछि डाइनासर जस्तै मानव प्रजाति पनि लोप हुने संकेत छ । यसको मतलब आदिबासीहरुको जलजमिन, जंगल विनाश गरेपछि विश्वव्यापि जलवायु परिवर्तनका कारणले मानिसको अस्तित्व नै नरहने तर्फ राज्यका नीति निर्माताहरुले क्ध्यान दिनु पर्दछ ।’

थारु अगुवा खड्ग नारायण चौधरी पनि भट्टचनको भनाई प्रति सहमति व्यक्त गर्दै नेपाल पछि पर्नूमा आदिवासी मैत्री विकासको खाका आउन नसक्नु नै जिम्मेवार ठान्छन् । आदिवासी थारुको उदाहरण दिदै उनले भने –‘आदिबासी विकासको कुरा तराई क्षेत्रको भूमि पुत्र थारुहरुमा हिजोभन्दा आज गरिबी बढेको छ । यहाहाका भूमिहरू गैरथारुहरुको हातमा गएको छ । अहिले थारुहरुलाई भूमि पुत्र भन्न नसुहाउने भएको छ ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

प्रतिकृया दिनुहोस्

‘ताम्बा काइतेन’ भित्रको मानव विकासक्रम

img

तामाङ समुदायको संस्कृति, धर्मकर्म, रीतिरिवाज र तामाङ जातिको ठुङसा (उत्पत्तिस्थल) भापसा (अवतरण ...

के पाए नि पाख्रिन दाइले, अर्कैले महल ठडाए ?

img

कालो बनको विचैमा खेतालाको गाउँ साना साना झुपडी छैन आमा बाउ भोका नांगा नानीहरू ...

सन्दर्भ : चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

img

विभिन्न मुलुकमा क्रियाशील तामाङ समुदायको साझा संस्था अन्तर्राष्ट्रिय तामाङ परिषद् यतिखेर चौथो ...

`चाडपर्व युद्धमय होइन, कृषिमय हुनु पर्छ´

img

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, ...

जापान, सपना एक लुट अनेक-२

img

बिकसित मुलुक जाने, भविष्य सुनिश्चित गर्ने प्रायको सपना हुन्छ । यही सपनाको ...

नेपाल सरकार मातृभाषी बालबालिकाको अधिकार हनन गर्दैछ

img

नेपाल सरकार, शिक्षा मन्त्रालयले ‘अनिवार्य तथा निशुल्क शिक्षाको सम्वन्धमा व्यवस्था गर्ने बनेको ...

पत्रपत्रिका

सबै