अन्तर्राष्ट्रिय तामाङ सम्मेलन मिरिकमा, प्रगतिशील नेतृत्वको खोजी

| काठमाडौं

अन्तर्राष्ट्रिय तामाङ परिषदले आगामी हुने चौथो महाधिवेशन बारेमा विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।महाधिवेशनबाट प्रगतिशील नेतृत्व छनोट गर्ने परिषद्ले जनाएको छ ।

काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलन गरेर मंसिर २८ गतेदेखि पुस १ गतेसम्म भारतको मिरिकमा आयोजना गर्ने जानकारी दिएको हो ।

परिषदका अध्यक्ष महेन्द्रजंग तामाङले विज्ञप्ती वाचन गर्दै महाधिवेशनको बारेमा जानकारी दिए ।

‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित महाधिवेशन गर्न लागिएको परिषदले जनाएको छ । सम्मेलनमा २१ राष्ट्रका प्रतिनिधि सहभागी हुने अपेक्षा राखेको परिषदले जनाएको छ ।

महाधिवेशनको पहिलो दिन विशेष समारोहसहित भारत सरकारका पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले सम्मेलनको उद्घाटन गर्नेछ भने दुई दिन बन्दसत्रको कार्यक्रम रहेको छ ।’

सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराइन, मकाउ, भाइल्याण्ड, बर्मा, भुटानलगायतका देशहरू छन् ।’

परिषदको पहिलो सम्मेलन सन् २००२मा काठमाडौं, दोस्रो सन २००५मा दार्जिलिङ, तेस्रो सन् २०१३मा काठमाडौंमा सम्पन्न गरिएको थियो ।

तामाङ समुदायको समृद्धि, इतिहास, पहिचान, मौलिक सभ्यताको संरक्षण गर्ने, विश्वका विभिन्न देशमा रहेका तामाङ संघसंस्थालाई समन्वय गरी विश्वभरिरहेका तामाङहरुलाई तामाङ समाजको हकहित र समुन्नतिका लागि संगठित गर्ने, संस्थागत विकस एवं सशक्तिकरणमा सहयोग पुर्याउने परिषदको मुल लक्ष रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैगरी तामाङ, भाषा, लिपि, साहित्य, कला, उत्थान एवं समुदायको शैक्षिक, बौद्धिक, शारीरिक, आर्थिक, सामाजिक क्षेत्रको सर्वाङ्गीण विकासका लागि यथाशक्य भूमिका निर्वाह गर्ने संस्थाको परिकल्पना रहेको जानारी गराएको थियो ।

कार्यक्रममा परिषदका संस्थापक सदस्य पर्शुराम तामाङले आगामी परिषदको नेतृत्व भारतीय नागरिकले लिने स्पष्ट पारेका छन् । 

उनले भने,‘हाम्रो आफ्नै प्रकारको विधान र नीतिहरू छन्, वर्तमान विधान पनि केही रुपमा परिवर्तन हुनेछ, विधान बमोजिम नै अबको नेतृत्व भारतले पाउने हो, सम्मेलनमा नेपालसहित भारत, कतार, जापान, अमेरिका, कुवेत, दक्षिण कोरिया, यूएई, हङकङ, ओमान, बेल्जियम, साउदी, अष्ट्रेलिया, बेलायत, पोर्चुगल, बहराइन, मकाउ, भाइल्याण्ड, बर्मा, भुटानलगायतका देशहरू छन् ।’

प्रतिकृया दिनुहोस्

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

मातृभाषाबारे गोष्ठी

img

अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा वर्ष २०१९ को सन्दर्भमा राजधानीमा कार्यक्रम आयोजना भएको छ ...

घेदुङले गरे समीक्षा

img

संघीय सरकारले सबैको अपनत्व हुने गरी ल्होछारको सार्वजनिक विदा दिने पहलकदमीमा लागेको ...

पत्रपत्रिका

सबै