पर्यटकलार्इ लोभ्याउने सैलुङ (फोटोफिचर)

| दोलखा

दोलखा र रामेछापको संगमस्थलमा रहेको  सैलुङले धार्मिक, पर्यटकीय र सांस्कृतिकको परिचय बोकेको छ । त्यति मात्र होइन यस डाँडा नेपालकै सबैभन्दा अग्लो डाँडामध्येको पहिलो स्थानमा पर्छ । यहाँ अाउने पर्यटकले माैसमअनुसारको फरकफरक दृश्य देख्न सकिन्छ । 

शैलुङ धार्मिक, सांस्कृतिक, भाषिक र आर्थिक हिसाबको पर्यटकीय स्थल तथा जडीबुटीको भण्डार एवं खनिज पदार्थको खानीको सम्भावना भएको, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक भौगोलिक भू-बनावट भएको पृथ्वीको वास्तविक स्वर्गरुपी ठाउँ हो । 

दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थित शैलुङ समुन्द्र सतहदेखि ३१४५ मिटरहको उचाइमा रहेको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपमा महत्वपूर्ण अर्थ राख्ने यो क्षेत्र पछिल्लो समय पर्यटनको दृष्टिले पनि त्यतिकै महत्वपूर्ण बन्दै गएको छ ।

शैलुङ सम्बन्धी थुप्रै जनश्रुतिहरु र त्यसमा अडिएको धार्मिक पृष्ठभूमिको अध्ययनले पनि यो क्षेत्र देवहरुको पनि पवित्र देवभूमिको रुपमा रहेको मान्न सकिन्छ । पूर्वकालदेखि आजसम्म पवित्र पुण्यभूमिको रुपमा यस भेगको स्थानीयहरुको गहिरो विश्वास आस्था र श्रद्धाले यस कुरालाई प्रमाणित गरेको छ ।

यस स्थानमा अहिले भ्यु टावर निर्माण सम्पन्न भएको छ भने झ्याङ्छ्युव छ्योर्तेन निर्माणाधिन रहेको छ । अहिले छ्योर्तेनको लगभग ९० प्रतिशत निर्माण भइसकेको छ । छ्योर्तेन अनुगमनका लागि काठमाडाैंबाट टुल्कु लोसाङ नाम्गेल रिम्पोर्छेसहित संस्थाका टोली केही अघि पुगेका थिए । 

 

प्रतिकृया दिनुहोस्

लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान (फोटोफिचर)

img

रसुवामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानमा बालविवाह, बहुविवाह, बेचविखनमुक्त बनाउने ...

दुतिको पहिरो (फोटोफिचर)

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

४ दशकदेखि निरन्तर निर्यातमा युनिक ड्रागन कार्पेट हाउस (फोटोफिचर)

img

नेपालबाट कुनै समय बढी मात्रामा निर्यात हुने वस्तु नै नेपाली गलैचा (कार्पेट) ...

ककनी मेमोरियल पार्क (फोटोफिचर)

img

नुवाकोटको घोप्टेभीरमा इ.सं. १९९२ को जुलाई ३१ मा टिजी ३११ थाई एयरवेजको ...

टुँडिखेलमा संविधान दिवस (फोटोफिचर/भिडियो)

img

संघीय गणतान्त्रिक नेपालको संविधान दिवस सैनिक मञ्च टुँडिखेलमा बुधबार भब्यताकासाथ मनाइएको छ ...

अाज गोकर्णे औंसी (फोटो फिचर)

img

देशभर बाबुको मुख हेर्ने पर्व आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ...

पत्रपत्रिका

सबै