प्नदेश नामाकरणको लागि नेवाः ताम्सालिङको प्रदर्शन

| मकवानपुर,हेटौंडा
फाईल : फोटो

नेवाः ताम्सालिङ समन्वय समितिले हेटौडामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गर्ने भएको छ ।

समितिले कार्तिक १४ गते ३ नम्बर प्रदेशको नाम बहुपहिचानका रूपमा नेवा: ताम्सालिङ राख्न दबाब दिन र्‍यालीको आयोजना गर्न लागिएको हो ।

र्‍यालीले हेटौंडास्थित मुख्य मन्त्रीको कार्यालय परिक्रमा गरी ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक तथा नेवाः देय दबूका अध्यक्ष नरेशकुमार ताम्रकार बताए । ताम्राकारका अनुसार २ घण्टा हेटौडा बजार ठप्प बनाएर सभा गरी कार्यक्रम समापन गरिने र मागको सुनुवाई नभए प्रदेश बन्दसम्मको कार्यक्रम सञ्चालन गर्ने छन् ।

प्रदर्शनलाई ब्यापक बनाउन समितिका अर्का संयोजक तथा तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङ यस अघि नै चितवन जिल्लामा पुगेर घेदुङका सबै समितिहरुलाई विशेष निर्देशन दिदै ३ नं. प्रदेश तामाङ र नेवार समुदायको ऐतिहासिक भूगोल भएकोले विगतमा संघर्ष समिति र नेपाल सरकारबीच भएको सहमति अनुसार नेवाः ताम्सालिङ प्रदेश नामाकरण हुनुपर्ने समितिले दाबी गरेको गोलेले बताए ।

प्रतिकृया दिनुहोस्

फोनिजले जारी गर्यो १३ बुँदे घाचोक घोषणापत्र

img

माछापुच्छ्रे गाउँपालिका–१ घाचोक (टुसे) मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) राष्ट्रिय भेलाले ...

घेदुङको वडा कमिटी गठन

img

सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १५ मा नेपाल तामाङ घेदुङको वडा कमिटी गठन ...

 फोनिज रौतहट शाखाको अध्यक्षमा उपेन्द्र

img

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को रौतहट जिल्ला भेला सम्पन्न भएको छ। ...

आदिवासी जनजातिको चाडपर्वमा बिदा दिने: मुख्यमन्त्री राउत

img

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आदिवासी जनजातिहरुले योभन्दा अगाडि पाउँदै ...

आज तमु ल्होसार, गुरुङ समुदायले मनाउँदै

img

आज तमु ल्होसार, गुरुङ समुदायको महान पर्व । गुरुङ समुदायले आफ्नो नयाँ ...

ल्होछार, उभौली, उधौलीमा बिदाको माग गर्दै राजदूतलाई ज्ञापन-पत्र

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया प्रवास शाखाले विभिन्न समुदायको चाडहरुमा नेपाल ...

पत्रपत्रिका

सबै